• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कलकत्ताको विजयी सुरुवात

  • खवरदाता

कलकत्ताको विजयी सुरुवात

चैत्र–३०, २०७७

कलकत्ता नाइट राइडर्सले यस सिजनको इन्डियन प्रीमीयर लिगको विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा कलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो ।

कलकत्ताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदरावादले ५ विकेटको क्षतीमा १७७ रन बनायो ।
हैदरावादका जोनी वारिस्टले ५५ तथा मनीस पाण्डेले अविजित ६१ रन जोडे । १० रनमा दुई विकेट गुमाएको सो टोलीका लागि यी दुईले ९२ रनको साझेदारी गरे । कलकत्ताका प्रसिद्ध कृष्णले दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले ६ विकेटको क्षतीमा १८७ रन जोडेको हो । कलकत्ताका लागि नितिस रानाले ५६ बलमा ८० तथा राहुल त्रिपाठीले २९ बलमा ५३ रन जोडे । अन्तिममा दिनेश कार्त्तिकले ९ बलमा २२ रन जोडे ।

हैदरावादका मोहम्मद नावी र रसिद खानले दुई दुई विकेट लिए ।

  • प्रकाशित मिति : चैत ३०, २०७७, सोमवार ०२:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८