• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

काठमाण्डौंमा १५४ जना सहित ३६७ संक्रमित थपिए

  • खवरदाता

काठमाण्डौंमा १५४ जना सहित ३६७ संक्रमित थपिए

चैत्र २९ ,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज १४१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार २७ रहेको छ । यो ९७.९ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये १५४ जना काठमाडौं भित्रका रहेका छन। योसंगै संक्रमितको कुल संख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देश भर ३ हजार १२५ जनाको पिसिआर परिक्षण गर्दा ३०३ र ६ सय ९० जनाको एन्टिजेन परिक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो।

आज थप १ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ४० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २ हजार ९६१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ८३ छ ।

  • प्रकाशित मिति : चैत २९, २०७७, आइतवार १२:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८