• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवन प्रहरीद्वारा १७१ फरार प्रतिवादी पक्राउ

  • खबरदाता

चितवन प्रहरीद्वारा १७१ फरार प्रतिवादी पक्राउ

चैत्र २९,२०७७
जिल्ला प्रहरी कार्यालय चितवनले १७१ जना फरार प्रतिबादी पक्राउ गरेको छ । एक महिनाको अबधिमा मात्रै सो संख्यामा फरार प्रतिवाद पक्राउ गरिएको हो।

कानुनी राज्यको मुल अवधारणाबाट निर्दिष्ट रही दण्डहिनताको अन्त्य गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा र अमन चयन कायम राख्नको लागि सम्मानित अदालतको बिभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएका तर फरार रहेका व्यक्तिहरु पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय चितवनले विशेष टोलिनै परिचालन गरेको छ ।

२०७७ साल चैत महिनामा १७१ जना बिभिन्न मुद्दाका फरार अपराधीलाई पक्राउ गरी सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको चितवन प्रहरीलेले जनाएको छ ।

प्रहरीले सार्वजनिक अपराध, लागुऔषध, चोरी, सवारी ज्यान, बन तथा राष्ट्रिय निकुञ्ज, हातहतियार खरखजाना, कुटपिट, कालोबजारी लगायतका मुद्दाका निज फरार अपराधीहरुबाट १८ बर्ष ३ महिना ५ दिन कैद र ७ लाख ७५ हजार ४३० रुपैयाँ कैद तथा जरिवाना असुल गरेको छ ।
कुटपिट, सवारी ज्यान लगायत मुद्दाका बिगत २३ वर्ष देखी फरार रहेका अपराधीहरु समेत प्रहरीले पक्राउ गरेको हो।

यस आर्थिक बर्षमाको हालसम्म बिभिन्न मुद्दाका जम्मा ३८६ जना फरार अपराधी पक्राउ गरिएको र निजहरुबाट कुल ५१ वर्ष ३ महिना कैद र ३२ लाख ६२ हजार २०६ जरिवाना असुल भएको जनाइएको छ ।

  • प्रकाशित मिति : चैत २९, २०७७, आइतवार १०:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८