• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

गैँडाकोटको बेल्डियामा पाँच सय गाँजाको बोट नष्ट


गैँडाकोटको बेल्डियामा पाँच सय गाँजाको बोट नष्ट

२०७७, चैत्र २९
नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर १३ बेल्डियामा उम्रिएका गाँजाका बोटहरु नष्ट गरिएको छ ।

मुख्य राजमार्गबाट करिव १ किलोमिटर ५०० सय दक्षिण तर्फ ती बोटहरु उम्रिएको थियो । व्यवसायिक रुपमा नभई आफै उम्रिएका रुखहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलिप गिरीले जानकारी दिए ।

अस्थायी प्रहरी पोष्ट बेल्डीयाबाट राजन श्रेष्ठको नेतृत्वमा गैडाकोट १३ का वडाअध्यक्ष पदमलाल पौडेल सहित जनप्रतिनिधि स्थानीयले करिव ५ सय गाँजाको बोट नष्ट गरिएको छ ।

करिव २ रोपनी क्षेत्रफलमा गाँजाका बोटहरु उम्रिएको र सवै नष्ट गरिएको गिरीले बताए ।

  • प्रकाशित मिति : चैत २९, २०७७, आइतवार ०७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८