• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

सकियो माओवादीका ४ सांसदको पद

  • खबरदाता

सकियो माओवादीका ४ सांसदको पद

चैत्र २६,२०७७

नेकपा माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद पद सकिएको छ । माओवादी केन्द्रले बुधबार दल त्यागको सूचना दिएपछी बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गरेका हुन।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहालले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।

  • प्रकाशित मिति : चैत २६, २०७७, बिहीवार ०९:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८