थप ३३९ जनामा कोरोना पुष्टि

  • खबरदाता
  • चैत २५, २०७७

चैत्र २५ ,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज ७४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७३ हजार ५२९ रहेको छ । यो ९८,१ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये १६३ जना काठमाडौं भित्रका रहेका छन।

देश भर ४ हजार १०० जनाको पिसिआर परिक्षण गर्दा २९८ र १ हजार ४० जनाको एन्टिजेन परिक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो।

आज थप २ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २ हजार २०१ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६५ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८