• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

थपिएका २६० मध्ये काठमाडौंका मात्रै १०८ जना

  • खबरदाता

थपिएका २६० मध्ये काठमाडौंका मात्रै १०८ जना

 

चैत्र २४ ,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज ११३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७३ हजार ४५५ रहेको छ । यो ९८।२ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जस मध्ये १०८ जना काठमाडौं भित्रका रहेका छन।

जस मध्ये प्रदेश १ मा ९ जना , प्रदेश २ मा १३, बागमती प्रदेशमा १६३ , गण्डकी प्रदेशमा ३७, लुम्बिनी प्रदेशमा ३२, कर्णाली प्रदेशमा ४ र सुदुर पश्चिम् प्रदेशमा २ जना संक्रमीत थपिएका हुन । आज ४२४३ जनामा नमुना परिक्षण भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार ३६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९७९ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ६९ छ ।

  • प्रकाशित मिति : चैत २४, २०७७, मंगलवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८