• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भारतीयहरू क्वारेन्टाइन बस्न नेपाल आउन थाले

  • खबरदाता

भारतीयहरू क्वारेन्टाइन बस्न नेपाल आउन थाले

चैत्र २४,२०७७

भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुग्दै गर्दा नेपालमा भने भारतीय पर्यटकको संख्या दिनहु बढ्दो क्रममा देखिएको छ । तर, भारतीयहरु नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् ।

होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान भारतबाट काठमाडौं आउने गरेका छन् । यहाँ क्वारेन्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वारेन्टाइन बस्न थालेका हुन् ।

होटेल एशोसिएशन नेपाल ९हान०का अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् । यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि चलायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ ।

काठमाडौंका होटेलहरूमा १४ दिन क्वारेन्टाइन बस्ने र त्यसपछि कामका लागि अन्य देश जाने गरेका छन् ।’ यसले होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार देखिएको छ । कोरोना भाइरस र त्यसपछिको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि हवाई उडान खुला हुँदा करीब २ देखि ३ प्रतिशतसम्म अकुपेन्सी थियो । अहिले त्यसमा झीनो सुधार हुँदै विगत २० दिनयता झन्डै ५ प्रतिशत पुगेको छ ।

मार्चमा झन्डै १५ हजार पर्यटक नेपालमा आएका छन् । नेपालको हस्पिटालिटी क्षेत्रको क्षमता २५ लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले अहिलेको संख्या अत्यन्त न्यून रहेको व्यवसायी बताउँछन् ।

कोरोना भाइरसको संक्रमण कम भएका बेला र खोप पनि प्रयोगमा आएपछि भने विदेशी पर्यटक आउने आकलनका बीच पुनः कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि पर्यटन व्यवसायीहरू थप सशंकित हुन थालेका छन् ।

हानको ४७ औं वार्षिक साधारणसभामा समेत व्यवसायीहरूले कोरोनाको विशेष परिस्थिति र पर्यटक आगमनको अनिश्चितता हेर्दा तत्काल पर्यटन क्षेत्र पुनरुत्थान हुने सम्भावना नभएको बताए ।

होटेल उद्योगलाई औद्योगिक वर्गमा राख स् हान
होटेल एशोसिएसन नेपाल ९हान०ले मुलुकको होटेल उद्योगलाई औद्योगिक वर्गमा राख्न सरकारसँग माग गरेको छ । होटेल उद्योगलाई राज्यले गैरउद्योगमा राखेको भन्दै होटेल उद्योगलाई औद्योगिक वर्गामा समावेश गर्न हानले माग गरेको हो ।

यसका साथै होटेल उद्योगलाई कानूनी रूपमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा समेत समेट्न पहल गरिएको हानकी अध्यक्ष सृजना राणाले बताइन् । उनका अनुसार राष्ट्रिय प्राथमिताप्राप्त उद्योगका रूपमा नै घोषणा गरी कानूनी रूपमै समेट्न पर्यटन ऐन–२०७७ को मस्यौदामा समेत बनाई सम्बद्ध निकायमा पठाइएको छ ।

  • प्रकाशित मिति : चैत २४, २०७७, मंगलवार ०१:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८