• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

‘कम्युनिष्टहरु गरि खाने भन्दा ठगि खाने भए’

  • खबरदाता

‘कम्युनिष्टहरु गरि खाने भन्दा ठगि खाने भए’

चैत्र २१, २०७७
चितवन । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाले कम्युनिष्ट सरकार गरि खाने भन्दा ठगि खानेतर्फ अग्रसर भएको अरोप लगाएका छन् । जनतालाई झुठको आश्वासन दिएर विकासको काम केही नगरेको भन्दै ओली नेतृत्वको सरकार चाँडै बहिर्गमनको अपेक्षामा जनता रहेको उनको दावी थियो ।

बानियाले भने,“देश अर्ली इलेक्सनमा जान सक्छ । अहिलेको सरकारले जनतालाई जुन ढंगले भरोसा दिनुपर्नेमा निराशा दिएको छ ,कुराको थुप्रो दिएको छ । कम्युनिष्ट पार्टी गरिव, किसान, मजदुरहरुको नेतृत्वको हुन्छ भन्ने थियो । शिक्षा रोजगार, स्वास्थ्य पाउने आशा जनतामा थियो । तर कम्युनिष्ट व्यवस्थाभित्र ठगि खाने अवसर धेरै बढ्दो रहेछ र गरिखानेहरुलाई अन्याय हुदो रहेछ भन्ने कुरा सवैले महसुस गरे ।”

प्रोफेसनल मिडिया ग्रुपको आयोजनामा आज भरतपुरको सीजी ल्याण्डमा भएको अनलाईन तीज गीत प्रतियोगिताको पुरस्कार बितरण तथा सिजि ल्याण्डमार्कमा रहेको डिजिटल डिस्प्ले बोर्ड को उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । साथै उनले मिडिया तटस्थ हुन र वास्तविक सूचनालाई आधार मानेर समाचार सम्प्रेषण गर्न पनि अनुरोध गरेका थिए ।

प्रोफेसनल मिडिया ग्रुपका अध्यक्ष नविन पौडेलको सभापतित्वमा भएको कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाहा ठकुरी, वडानम्वर ४ का अध्यक्ष हरिप्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।

  • प्रकाशित मिति : चैत २१, २०७७, शनिवार ०८:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८