• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

दुई करोड भन्दा बढी जनसंख्यामा पुग्यो इन्टरनेट


दुई करोड भन्दा बढी जनसंख्यामा पुग्यो इन्टरनेट

चैत्र २१,२०७७

नेपालमा साढे २ करोड जनसंख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो सात महीना (साउन–माघ )को तथ्याङ्कअनुसार नेपालमा २ करोड ५४ लाख १९ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।

गत पुस महीनाको तुलनामा माघ महीनामा ६ लाख ८३ हजार बढी इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । गत पुस महीनासम्म कुल २ करोड ४७ लाख ३५ हजार ६५० जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

कुल जनसंख्याको ८४ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण ९२०११–२०३०० लाई आधार मानेर उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ ।

१ करोड १३ लाखभन्दा बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ६० हजार र एनसेलको २४ लाख ९१ हजार रहेको छ । त्यस्तै फोरजी प्रयोगकर्ता ७० लाख ९२ हजार र ईभीडीयो प्रयोगकर्ता १ लाख ३६ हजार ५७३जना छन् ।

फोरजी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका छन् । माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २५ लाख ४४ हजार ७२४ र स्मार्ट टेलिकमका २ लाख २२ हजार छन् ।

फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ८५ प्रतिशत छ । यसमा एडीएसएलका ८ लाख ३७ हजार र एफटीटीएच इन्टरनेट प्रयोगकर्ता ५७ लाख ६८ हजार जना छन् । रासस

  • प्रकाशित मिति : चैत २१, २०७७, शनिवार ००:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८