काङ्ग्रेसको माग:ओलीको राजिनामा,आफ्नै सरकार

  • खबरदाता
  • चैत २१, २०७७

चैत्र २१,२०७७

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक(पटक भेटेर आग्रह गर्दै आएका थिए । तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

पार्टीभित्रको असमझदारीका कारण सभापति शेरबहादुर देउवा पनि अलमलमा पर्दै आएका थिए । रामचन्द्र पौडेल पक्ष सरकारमा जान हुन्न भनिरहँदा पनि उनले नेतृत्व गर्ने अवसर पाए कांग्रेसले नछाड्ने बताउँदै आएका थिए । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भएपनि त्यो नैतिकता नदेखाएकाले कांग्रेस राजीनामा माग्न बाध्य भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । माओवादीले पनि नेतृत्वका लागि अग्रसर हुन कांग्रेसलाई भन्दै आएकाले सत्ता समीकरणका लागि उसलाई जसपाको पनि साथ हुनुपर्ने देखिन्छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८