• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

चितवनमा दुई दिन होली, भीड हटाउन प्रशासन असफल


चितवनमा दुई दिन होली, भीड हटाउन प्रशासन असफल

चैत १६, २०७७
चितवन । गत वर्ष कोरोना महामारीले खेल्न नपाएको फागु पूर्णिमा (होली) चितवनवासीले हर्षोल्लासका साथ मनाएका छन् । खास गरी पहाडी र हिमाली जिल्लामा अघिल्लो दिन र तराईका जिल्लामा पछिल्लो दिन होली पर्व मनाउने चलन छ । तर चितवन र नवलपुरमा भने दुइ दिननै सर्वसाधरणले होली मनाउने गरेको पाइन्छ ।


जिल्ला प्रशासन कार्यालय चितवनले होलीको पूर्व सन्ध्यामा विभिन्न सूचना र विज्ञप्ती निकाल्दै घरमै बसेर होली मनाउन गरेको आग्रहलाई सर्वसाधरणले वेवास्ता गरिदिएका छन् । त्यसो त प्रहरी प्रशासनले पनि चूस्त रुपमा भीड हटाउन सकेन । विशेषगरी चितवनको भरतपुर लगायत नारायणी नदी किनारमा होलीको समय भीडभाड हुने गर्छ ।

हिजो र आज दुइ दिननै सो क्षेत्रमा सर्वसाधरणको भीडभाड थियो । तर प्रशासनले भने सो भीडभाडलाई खासै वास्ता गरेको देखिएन । प्रहरीको सो क्षेत्रमा उपस्थिती प्राय शून्य थियो ।
प्रविन गुरुङ देवचुली १७ फारम नवलपुरबाट होली मनाउन भरतपुरको नारायणी नदी किनारमा साथीहरुसँगै भेटिनुभयो ।

अशोक थापा पनि साथीहरुसँगै आएर नारायणी किनारमा रमाउन पाउँदा खुशी हुनुुहुन्छ । गत वर्षको समेत यो वर्ष मनाएको भन्दै उहाँले कोरोना संक्रमणको डरले साथीहरु वाहेक अन्यसँग होली नखलेको बताउनुभयो ।


भुवन लामा चितवनको टाँडीबाट होली खेल्दै खेल्दै साथीहरुसँग नारायणी नदि किनारमा आइपुग्नुभयो । साथीहरुसँग उहाँले यसरी रमाइलो गर्दै हुनुहुन्थ्यो ।

मोनिका सुनार विद्यार्थी हुनुहुन्छ । विद्यालय समेत वन्द भएपछि उहाँपनि साथीहरँस्गै होली खेल्दै हुनुहुन्छ । भित्री मधेशमा पर्ने चितवनमा हिजो र आज दुई दिन होली पर्व मनाइएको छ ।

प्रशासनले भीडभाड नगर्न र प्रहरी प्रशासनले नारायणी किनारममा जम्मा नहुने गरेको आग्रह उनीहले वेवास्ता गरेका थिए ।

कोरोना संक्रमण कम भएकाले यसरी होली मनाएको उनीहरुले बताएका छन् । गत वर्ष लकडाउनले होली मान्न नपाएको र फेरि लकडाउन हुने होकी भन्ने त्रासमा रहेका उनीहरु आफ्नो समूहसँग मात्रै सीमित रहेर रंग लगाई सद्भाव र माया साटासाट सहित यो वर्षको होली मनाएका थिए ।

  • प्रकाशित मिति : चैत १६, २०७७, सोमवार १०:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८