को थिए मेलम्ची आयोजनाका परिकल्पनाकार ?

  • चैत १६, २०७७

परिकल्पनाको पाँच दशक र काम थालिएको दुई दशकपछि मेलम्ची खोलाको पानी काठमाडौंमा सर्वसाधारणका घरको धारामा झर्न थालेको छ। 

चैत्र १६,२०७७

सुरुङ र वितरण प्रणालीको परीक्षण सफल भएपछि आइतबारदेखि पानी दिन थालिएको हो। मेलम्चीको पानी यसरी काठमाडौंका धारामा झार्ने सार्वजनिक चर्चा शुरू भएकै करीब तीन दशक भएको थियो।

२०४८ सालमा निर्वाचन प्रचारका क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी सभाको भाषणमा भनेका थिए, “मेलम्ची खोलाको पानी ल्याएर काठमाडौंका सडक पखालिनेछ।” भट्टराईले मेलम्चीको पानीको कुरा गरेपछि यसको सार्वजनिक चर्चा शुरू भएको थियो। तर, भट्टराई मेलम्चीका परिकल्पनाकार भने थिएनन्। निर्माण शुरू गर्न अध्ययनको योजना उनले भाषण गर्नुअघि नै बनिसकेको थियो।

विसं २०२० को दशकको अन्त्यतिर देखि सरकारी निकाय र दाताहरूले भविष्यमा पानीको अपर्याप्तलाई हेरी वैकिल्पक स्रोतबारे छलफल थालेका थिए। बेलायतको अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पार्टनर्सले सन् १९७३  तिर काठमाडौंको खानेपानीबारे अध्ययन गरी गुरुयोजना बनाएको थियो।
विसं २०२० को दशकको अन्त्यतिर देखि सरकारी निकाय र दाताहरूले भविष्यमा पानीको अपर्याप्तलाई हेरी वैकिल्पक स्रोतबारे छलफल थालेका थिए। बेलायतको अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पार्टनर्सले सन् १९७३ तिर काठमाडौंको खानेपानीबारे अध्ययन गरी गुरुयोजना बनाएको थियो। जसले विभिन्न सम्भाव्य आयोजनामध्ये एउटा मेलम्ची भएको निर्क्योल गर्दै अध्ययन प्रतिवेदन दिएको अर्थ मन्त्रालयका पूर्वसचिव लालशंकर घिमिरेले आफ्नो लेखमा उल्लेख गरेका छन्।

त्यसपछि, सरकारी अधिकारीहरूमाझ मेलम्ची खोलाबाट पानी ल्याएर भविष्यमा काठमाडौंमा अपर्याप्त हुन नदिने छलफल अघि बढ्दै गयो। मेलम्ची खानेपानी आयोजनाका पूर्व प्रमुख घनश्याम भट्टराई मेलम्चीका विषयमा पहिलो पटक आफूले सन् १९८५ ९२०४२० सालतिर थाहा पाएको बताउँछन्। “खानेपानी विभागका उप–महानिर्देशकले मेलम्ची खानेपानी निर्माणको योजना अघि सारिएको, तर लगानी रकमको अभाव भएकाले दातासँग सहयोगका लागि छलफल भइरहेको सुनाउनुभएको थियो,” भट्टराई भन्छन्।

बिन्नी एन्ड पार्टनर्सले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० को सहयोगमा सन् १९८८ ९२०४४ साल० मा मेलम्ची आयोजनाको सम्भावना अध्ययन गरी प्रतिवेदन दिएको थियो। त्यतिबेला परामर्शदाताका रूपमा अध्ययनमा संलग्न इन्जिनियर बदनलाल न्याछ्योका अनुसार, विभिन्न सम्भाव्य विकल्पमध्ये मेलम्ची खोलाबाट पानी ल्याउन उपयुक्त रहेको प्रतिवेदन दिइएको थियो। “आर्थिक, प्राविधिक सबै हिसाबले मेलम्चीबाट पानी ल्याउन सजिलो पर्ने प्रतिवेदन यो अध्ययनले दिएको थियो,” उनी भन्छन्।

मेलम्चीबाहेक काठमाडौंमा पानी ल्याउन अन्य विकल्पमा पनि छलफल भएका थिए। तीमध्ये काभ्रेको रोशी खोलाबाट पानी ल्याउनेबारे छलफल भएको थियो। तर, पानी धेरै नभएको तथा तल्लो तटीय क्षेत्रको सिँचाइ प्रभावित हुने भनेर त्यो छलफल अघि बढेन।

मेलम्चीबाहेक काठमाडौंमा पानी ल्याउन अन्य विकल्पमा पनि छलफल भएका थिए। तीमध्ये काभ्रेको रोशी खोलाबाट पानी ल्याउनेबारे छलफल भएको थियो। तर, पानी धेरै नभएको तथा तल्लो तटीय क्षेत्रको सिँचाइ प्रभावित हुने भनेर त्यो छलफल अघि बढेन।
इन्द्र सरोवरबाट पानी ल्याउने विकल्प पनि थियो। तर, पम्पिङ गरेर पानी तान्नुपर्ने तथा दिगो स्रोत हुन सम्भव नरहेको हुँदा त्यो विकल्पमा काम भएन। त्यस्तै, त्रिशूली खोलाको पानी नुवाकोटबाट पम्पिङ गरी तान्ने वा रसुवाको गोसाइँकुण्डको पानी ल्याउने विषयमा पनि छलफल भएका थिए। यी सबै विकल्पहरूभन्दा मेलम्चीको पानी ल्याउन सजिलो र दीर्घकालीन रूपमा लाभदायक भएको ठहरपछि आयोजना निर्माणको प्रस्ताव अघि बढेको न्याछ्यो बताउँछन्।

सन् १९९० ९२०४७ साल० मा क्यानाडाको स्टानले एन्ड एसोसिएट्सले मेलम्ची खानेपानी आयोजनाको विषयमा प्रारम्भिक वातावरणीय अध्ययन गरेको थियो। सन् १९९२ ९२०४८ साल० मा अस्ट्रेलियाको स्नोई माउन्टेन्स इन्जिनियरिङ कर्पोरेसनले यो आयोजनाको विषयमा विस्तृत सम्भाव्यता अध्ययन गरेर प्राविधिक, वातावरणीय, सामाजिक र आर्थिक हिसाबले सम्भव र लाभदायक रहेको प्रतिवेदन दिएको थियो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यसपछि मेलम्चीको पानी काठमाडौं ल्याउने भाषण गरेका थिए। तर, त्यतिन्जेलसम्म आयोजना कसरी र कसले निर्माण गर्ने, लगानी कसरी जुटाउने भन्ने टुंगो थिएन।

त्यसपछि निर्माणको लगानी जुटाउन विभिन्न विकल्पमा छलफल थालिएको थियो। २०५२–५३ सालतिर सर्वसाधारणको पनि शेयर लगानी गरी आयोजना निर्माणको उद्देश्यसहित ‘मेलम्ची खानेपानी लिमिटेड’ कम्पनी स्थापना गरिएको मेलम्चीका पूर्व आयोजना प्रमुख भट्टराई बताउँछन्। तर, यो प्रस्ताव अघि बढेन।

एसियाली विकास ब्यांकले लगानी गर्ने निश्चित भएपछि २०५७ सालमा आयोजना निर्माणको टुंगो लागेको थियो। आयोजना शुरू गर्दा आर्थिक वर्ष २०६४र६५ सम्ममा यसको निर्माण नै सम्पन्न गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको थियो। तर, आयोजना निर्माणको ठेक्का लाग्न लामो समय कुर्नुपर्‍यो। २०६५ फागुनमा चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले २०७० भदौसम्ममा आयोजनाको निर्माण सक्नुपर्ने शर्तमा सुरुङ र हेडवर्क्स ९नदीबाट पानी फर्काएर सुरुङभित्र पानी पठाउने बाँध० निर्माणको ठेक्का पायो।

तर, चाइना रेल्वेले निर्माण अघि बढाउन सकेन। जसकारण असोज २०६९ मा यो ठेक्का सम्झौता नै रद्द गरियो। यसपछि सरकारले फेरि नयाँ ठेकेदार खोजीको प्रक्रिया अघि बढायो। २०७० सालमा आयोजना निर्माणका लागि इटालीको कम्पनी को–अपरेटिभ मुराटोरी सेमेन्टिस्टी दी राभेन्ना ९सीएमसी० सँग सम्झौता गरियो। तर, काम नसकिँदै सीएमसी पुस २०७५ मा भागेपछि उक्त कम्पनीसँगको ठेक्का तोडेर सरकारले भदौ २०७६ मा बाँकी काम पूरा गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिएको थियो।

मेलम्चीको पानी काठमाडौंमा वितरण शुरू गर्न थालिए पनि कतिपय संरचना निर्माण बाँकी नै छ। जस्तै, हेडवर्क्स निर्माण पूर्ण रूपमा नभइसकेकाले अहिले अस्थायी बाँध बाँधेर सुरुङमा पानी हालिएको छ। आयोजनामा गत पुससम्ममा रू।३० अर्बभन्दा धेरै खर्च भइसकेको छ।
सिनो हाइड्रोले निर्माणको बाँकी काम सकेपछि गएको फागुनमा २६ किमी लामो सुरुङमा पानी भरेर गरिएको परीक्षण सफल भएको थियो। यसको थोक वितरण प्रणालीको पनि परीक्षण सफल भएपछि १५ चैतबाट पानी वितरण शुरू गरिएको हो। मेलम्चीको पानी काठमाडौंमा वितरण शुरू गर्न थालिए पनि कतिपय संरचना निर्माण बाँकी नै छ। जस्तै, हेडवक्र्स निर्माण पूर्ण रूपमा नभइसकेकाले अहिले अस्थायी बाँध बाँधेर सुरुङमा पानी हालिएको छ।

आयोजनामा गत पुससम्ममा रू.३० अर्बभन्दा धेरै खर्च भइसकेको छ। आयोजनाबाट काठमाडौंमा दैनिक १७ करोड लिटर खानेपानी वितरण हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी साता मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। हिमाल खबरमा समाचार छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८