चैत्र १४,२०७७
चितवनमा बस र स्कुटर एक आपसमा जुद्दा तीन जनाको मृत्यु भएको छ । सनिवार साँझ करिब ६:२० बजेको समयमा पश्चिम् चितवनको पकौडिमा सो दुर्घटना भएको हो ।
जिल्लाको जगतपुरबाट भरतपुर आउदै गरेको ना ५ ख २१५९ नम्बरको बसले र बिपरित दिशाबाट जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भरतपुर- ६ गितारनगर बस्ने अन्दाजी ४०/४५ बर्षका स्कुटर चालक मोहन अधिकारी सोही स्कुटरमा सवार बर्ष १७ कि बिनिसा अधिकारी र चालककै दाइकि छोरि बर्ष १७ कै दिबिसा अधिकारी रहेका छन।
दुर्घटनामा घाइते भएका तिनै जनालाई उपचारका लागी भरतपुर अस्पताल ल्याइएकोमा साझ ७ बजे अस्पतालले मृत घोषणा गरेको चितवन प्रहरी प्रबक्ता सुर्य थापाले बताए। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८