आज ८५ थपिँदा ९३ जना कोरोना मुक्त

  • खवरदाता
  • चैत १४, २०७७

चैत्र १४ ,२०७७

चितवन । सरकारी तथ्यांक अनुसार आज ९३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार ४३५ रहेको छ । यो ९८.४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जस मध्ये प्रदेश १ मा ३ जना , प्रदेश २ मा १, बागमती प्रदेशमा ५२ , गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा १६, र सुदुर पश्चिम् प्रदेशमा ३ जना संक्रमीत थपिएका हुन । आज २७४५ जनामा नमुना परिक्षण भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।

आज कोरोनाबाट ३ जनाले ज्यान गुमाउँदा कुल मृतक संख्या ३ हजार २७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार २८८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५९ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८