• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

ज्योति लाईफको आईपीओ:१२ लाख ३ हजार ८३५आवेदकको हात खाली

  • खबरदाता

ज्योति लाईफको आईपीओ:१२ लाख ३ हजार ८३५आवेदकको हात खाली

चैत्र १४,२०७७

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा शुक्रवार अपरान्ह १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८३५ योग्य आवेदकको हात खाली भएको हो ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो ।

कुल कित्तामध्ये ५ प्रतिशत कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात आम सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरिएको हो ।

उक्त कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाइ छ । कुल आवेदकमध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्ध भएको समेत क्यापिटलले जानकारी दिएको हो । कुल आवेदकमध्ये १२ लाख ४८ हजार ४८० जनाले शेयर नपाएका हुन् ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी रू. २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी रू. २ अर्ब २० करोड पुगेको छ ।

कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष ०७६र/७७ सम्म प्रतिशेयर नेटवर्थ रू.१३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी रू .१२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा रू. २८ करोड ६४ लाख १ हजार छ ।

दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको मूल्य तोक्ने हुदाँ उक्त कम्पनीको पहिलो कारोबारका लागि रू.१३२ दशमलव ९४ देखि रू. ३९८ दशमलव ८२ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

आईपीओका नतिजा मेरोशेयर, सीडीएसले आईपीओ नतिजाको लागि तयार पारेको वेबसाइट र विक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।

ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयल

  • प्रकाशित मिति : चैत १४, २०७७, शनिवार ००:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८