समुह परिबर्तन गरेकी राई सामाजिक विकास मन्त्री

  • खबरदाता
  • चैत १३, २०७७

चैत्र १३,२०७७

चितवन । सांसद उषाकला राई प्रदेश १ को सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छिन् । उनले आज नै शपथ ग्रहण गरेकी छिन् । शपथ ग्रहणको फोटो सार्वजनिक गर्दै उनका श्रीमान् सांसद एवम पूर्व संघीय कानुन मन्त्री शेरबहादुर तामाङले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

उनले लेखेका छन्,“ यस महत्वपूर्ण घडीमा जन्मदिने आमा स्व। लक्ष्मी राई, पिता रुद्र राईलाई धन्यवाद । तपाँईलाई यस गरिमामय जिम्मेवारीमा पुर्‍याउनुहुने नेपाली जनता र खोटाङ्का जनतालाई धन्यवाद, सिन्धुपाल्चोकको तर्फबाट सद्भाव ब्यक्त गर्दछु । यस पदमा योग्य ठान्नु भएर जिम्मेवारी दिनुहुने सम्माननीय प्रधानमन्त्री के पी ओली, संसदीय दलका उपनेता सुवाश नेम्बाङ, प्रदेश १ मुख्यमन्त्री शेरधन राई, पार्टीका नेतागण सबैलाई धन्यवाद ब्यक्त गर्दछु । खोटाङ जिल्ला प्रतिनिधिसभा सदस्य संघीय संसद विशाल भट्टराई लगायत समुर्ण जनप्रतिनिधिहरु र खोटाङ एमाले पार्टी अध्यक्ष राम दंगाल लगायत सम्पूर्ण पार्टी पंङ्ती सबैलाई धन्यवाद ब्यक्त गर्दछु ।”

संसद विघटनका केही समय माधव नेपाल समूहमा रहेका गुरुङ पछि केपी ओली समूहमा फर्किएका थिए । त्यतिवेला फर्कनुको क्षणलाई अहिले उनकै श्रीमती मन्त्रीमा नियुक्त हुँदा पदको लोभमा उक्त समूह छोडेको आरोप लागेको छ । यद्यपी उषाकला राई आफैमा क्षमतावान व्यक्ति भएकाले त्यो क्षण सँग यसको कुनै सम्बन्ध नभएको बताइएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८