• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवन भ्रमण आउनेमध्ये धेरैको रोजाई बन्यजन्तु

  • खबरदाता

चितवन भ्रमण आउनेमध्ये धेरैको रोजाई बन्यजन्तु

चैत्र १३,२०७७

चितवन । पछिल्लो समय समूहगत भ्रमणले तिव्रता पाएको छ । शैक्षिक देखि सामाजिक कृषि लगायतका विभिन्न समूहरु भ्रमणमा निस्कने गरेका हुन् । यसरी निस्कनेहरुको रोजाई मध्ये चितवन पनि पर्ने गरेको छ ।

चितवन प्राकृति शुन्दरताले भरिएको जिल्ला मात्रै होइन । विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय निकुञ्जदेखि ऐतिहासिक उपरदाङ गढि र विभिन्न जातजाती भाषा संस्कृतिको समेत खानी हो। त्यसैले होला कोरोनाको संक्रमण कम भएसँगै अहिले आन्तरिक पर्यटकहरु मध्यवर्ती र निकुञ्जमा देख्न सकिने वन्यजन्तुको अवलोकनका लागि आउन थालेका छन ।

फागुन महिनाको पहिलो हप्तादेखि ह्वात्तै बढेका आन्तरिक पर्यटकहरुले भ्रमणको पहिलो सूचीमा चितवनलाई राख्ने गरेको पाइएको छ। पोखरा आफैमा शुन्दर नगरी हो । तर त्याहाँको प्राकृति मनोरमनले अघाएका उनीहरु यो पटक चितवनमा बन्यजन्तु हेर्न आए । पोखराबाट आमा समूह सहित ज्यष्ठ नागरिकलाई चितवनको बीसहजारी ताल घुमाउदै गरेका कृष्ण बहादुर थापाले टेलिभिजन र तस्बिरमा मात्रै बन्यजन्तु देखेको तर प्रत्यक्ष हेर्ने रहर गरेकाले चितवन आएको बताए ।

आमा समूहकी अध्यक्ष लालशोभा गुरुङले आफूहरुले एकता आमा समूहसँगै नव आदर्श सामुदायिक क्ल्व पोखराको सहयोगमा चितवन, नवलपुरको सीजी र लुम्विनी सम्मको यात्रा तय गरेको बताइन् । चितवन आफैमा शुन्दर र वन्यजन्तुले भरिएको भएर हेर्न आएको उनको भनाई थियो ।उनी लगायत धेरै समूह यसरी भ्रमणमा आउने गरेका छन् । अधिकांसले जीप सफारी रोज्ने गरेका छन् । जीपबाट समयको बचत गर्दै वन्यजन्तु देख्न सकिने भएकाले पनि रोजाईमा पर्ने गरेको आठ वर्षदेखि पथप्रदर्शकको काम गर्दै आएका ओम बहादुर कुमालेले बताए । कोरोनाको संक्रमण घटे पनि विदेशी पर्यटक भने नआएको उनले बताए । गत डिसेम्बरदेखि कुनै पनि विदेशी पर्यटकलाई आफूले गाइड गर्न नपाएको उनले बताए । तर अहिले आन्तरिक पर्यटकको सख्या भने बढिरहेको उनको भनाई छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइ पनि समुहगत आउने पर्यटकहरुको पहिलो राजाई नै चितवन हुने गरेको बताउँछन् । उनका अनुसार सुविधासम्पन्न होटलहरु सहित नजिकै जंगल र घुम्ने माध्यमहरु धेरै भएकाले पनि पुषदेखि चैत सम्म दैनिक ५० देखि ६० वटा समूहहरु यसरी घुम्न आइरहेका छन । ती समुहमा ५० देखि १०० जना सम्म हुने गरेको उनलेब बताए । चितवन घुम्न धेरै माध्यम मध्ये यसरी समूहमा आउने पर्यटकहरुले जीप सफारी र हात्ती सफारीलाइ रोज्ने गरेका छन् ।

चितवनमा भ्रमण गरिसकेर पूर्व र पश्चिमको यात्रा तय गर्न सजिलो भएकाले पनि यहाँ आउने आन्तरिक पर्यटक बढिरहेका छन् । तर फेरि कोरोना संक्रमणको जोखिम बढ्ने डरले विस्तारै लयमा आएको यहाँका पर्यटन फेरि रोकिने हो की भनेर व्यवसायि चिन्तित हुन थालेका छन् । त्यस्तै सरकारले फागु पर्व परिवारमै रहेर मनाउन गरेको आग्रह, भीडभाड नगर्न मास्क लगाउन भनिरहेको अवस्थामा फेरि स्थिती विग्रदै जाने होकी भन्ने चिन्ता थपिएको छ ।

  • प्रकाशित मिति : चैत १३, २०७७, शुक्रवार ०९:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८