चैत्र १३,२०७७
गैँडाकोट ।स्कुल बसको ठक्करबाट नवलपुरको गैंडाकोटमा एक जना घाइते भएका छन।
चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको हो । विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४ ख ३४६७ नम्वरको बसले गैंडाकोटको काँग्रेस चोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो।
ठक्करबाट पैदल यात्री नवलपुर जिल्ला बुलिङ्टार गाउँपालिका वडानम्वर ३ बस्ने निरज बस्ताकोटी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको अहिले नयाँ मेडिकल कलेजमा उपचार जारी रहेको र ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८