• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

प्रचण्ड-नेपाल पुनरावलोकनमा जाने

  • खबरदाता

प्रचण्ड-नेपाल पुनरावलोकनमा जाने

चैत्र १३,२०७७

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । बिहीबार कोटेश्वरस्थित एक ब्यापारीको निवासमा उनीहरुले भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा बदर गर्ने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनमा जाने बारे छलफ भएको छ ।

भेटका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएका थिए। जवाफमा नेपालले आफूहरूको समर्थन रहनेबारे अवगत गराएका बताइएको छ ।

सर्बोच्च अदालतले नेकपा बदर गरि एमाले र माओबादी केन्द्रमा फर्काइदिएपछी प्रचण्ड- नेपाल समुह ओलीको बिरोधमा छन।

  • प्रकाशित मिति : चैत १३, २०७७, शुक्रवार ००:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८