• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

भारतबाट आएका २४ जनामा देखियो कोरोना

  • खबरदाता

भारतबाट आएका २४ जनामा देखियो कोरोना
  1. चैत्र १२,२०७७

हालै मात्र भारतबाट नेपाल आएका २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको रुपैडियालगायत पश्चिम क्षेत्रका नाकाबाट प्रवेश गरेकाहरुमा संक्रमण देखिएको छ । पुर्बी नाका भन्दा पश्चिम् नाकाबाट नेपाल गरेकामा कोरोना देखिएको हो। यसरी कोरोना पोजेटिभ हुने हरुलाई आइसोलेसनमा राखिएको छ । छिमेकी मुलुक भारतमा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । त्यहाँ कोरोना भाइरसको ‘डबल म्युटेट भेरियण्ट’को भेटिएपछि उच्च सतर्कता अपनाइएको छ ।

नेपालमा पनि नयाँ भेरियन्ट संक्रमण फैलिएको जनस्वास्वास्थ्य विज्ञहरुले आशंका गरेका छन् । तर हालसम्म नेपालमा नयाँ भेरियन्टको कोरोना पुष्टी गर्न जिन सिक्विन्सिङ काम भएको छैन । जिन सिक्विन्सिङ गर्न प्राविधिक कुराहरु मिलाइरहेको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले जनाएको छ ।

  • प्रकाशित मिति : चैत १२, २०७७, बिहीवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८