• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

अन्य देशलाई तत्काल खोप नदिने भारतको निर्णय

  • खबरदाता

अन्य देशलाई तत्काल खोप नदिने भारतको निर्णय

चैत्र १२,२०७७

भारतले केहि समयको लागी कोरोना भाइरस विरुद्धको खोप वितरणमा रोक लगाउने भएको छ । उसले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धका खोप तत्काल अन्य मुलुकलाइ नदिनले भएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

भारतको केन्द्रिय सरकारले यहीँ अप्रिल १ देखि ४५ बर्ष माथिकालाई खोप लगाउने भएको छ ।

सेरमले उत्पादन गरेको खोप नेपालसहितका देशले किन्नका लागि सम्झौता गरेका छन् ।भारत सरकारको यो निर्णय बाट नेपाल सहित कम्तीमा १९० देश प्रभावित हुने देखिएको छ ।
भारले हाल ७६ देशमा खोप पठाइरहेको छ ।

नेपालीले अहिलेसम्म भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन लगाइरहेका छन्। सुरूमा भारत सरकारले १० लाख डोज भ्याक्सिन अनुदानमा दिएको थियो भने पछि नेपाल सरकारले १० लाख डोज किनेको थियो। नेपालले सेरम इन्स्टिच्युटलाई थप १० लाख डोजको अर्डर दिए पनि त्यो अझैसम्म आइसकेको छैन। भारतको नयाँ निर्णयसँगै अब भ्याक्सिन आउने अनिश्चितता बढेको छ।

  • प्रकाशित मिति : चैत १२, २०७७, बिहीवार ०१:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८