• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

संक्रमण बढे पुनः लकडाउन गर्ने सरकारको तयारी !

  • खबरदाता

संक्रमण बढे पुनः लकडाउन गर्ने सरकारको तयारी !

चैत्र १२,२०७७

चितवन । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा पुन लकडाउन हुन सक्ने बताएको छ । अहिले छिमेकि मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसगै नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले पनि सुचना जारी गर्दै भिडभाड , सभा , गोष्ठी , सम्मेलन नगर्न भनेको छ ।उसले आउदै गरेको फागु पर्व पनि घरमै बसेर मनाउन समेत अनुरोध गरेको छ ।

परिस्थिति अनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्नु पर्ने बताका छन।

“बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ”, उनले भने ।

उनले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत बताए। “भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ”, उनले भने । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उनको भनाइ छ ।

अहिले सरकारले भारतसंग जिडिएका सिमा नकाहरुमा समेत सतर्कता अपनाउन थालेको छ ।साथै ७७ वटै जिल्लालाई सुरक्षा प्रबन्ध मिलाउन र अस्पतालहरु तयारी राख्न भनिएको छ ।

अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना सङ्क्रमणका कारण निधन भएका छन् ।

  • प्रकाशित मिति : चैत १२, २०७७, बिहीवार ००:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८