बुधबार १४५ संक्रमीत थपिए, एक जनाको मृत्यु

  • खबरदाता
  • चैत ११, २०७७

चैत्र ११,२०७७

भरतपुर ।  सरकारी तथ्यांक अनुसार आज ९० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार १८७ रहेको छ । यो ९८।५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जस मध्ये प्रदेश १ मा १३ जना , प्रदेश २ मा ७, बागमती प्रदेशमा ७३ , गण्डकी प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदुर पश्चिम् प्रदेशमा ३ जना संक्रमीत थपिएका हुन । आज ३९६३ जनामा नमुना परिक्षण भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

आज कोरोनाबाट एक जनाले ज्यान गुमाएका छन । देशमा ज्यान गुमाउनेको कुल संख्या ३ हजार २० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १ हजार १८२ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ५२ छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८