• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पुर्वमन्त्री बाँस्कोटा अझै पत्रकार !

  • खबरदाता

पुर्वमन्त्री बाँस्कोटा अझै पत्रकार !

 

चैत्र ११,२०७७

पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ । महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो । बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन् । ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक भएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

बास्कोटाको नाम मदतादा सूचीको दोस्रो नम्बरमै छ । एमाले अध्यक्ष केपी ओली निकट पूर्वमन्त्री बास्कोटाको नाम पनि महासंघको मतदाता सूचीमा देखिएपछि पत्रकारहरुमाझ यो विषयमा चर्चा सुरु भएको छ । कानुनतः पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।

पूर्व पत्रकारसमेत रहेका बास्कोटा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए । कतिपय क्रियाशील पत्रकारकै नाम मतदाता नामावलीमा नभेटिएको गुनासो आइरहेका बेला पूर्वमन्त्री समेतले लगातार सदस्यता नवीकरण गरी मतदाता लिनुको पछाडीको रहस्य भने बहसको विषय बनेको छ ।

  • प्रकाशित मिति : चैत ११, २०७७, बुधवार ००:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८