• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

घरमै बसेर फागु पर्ब मनाउन चितवन प्रशासनको अनुरोध

  • खबरदाता

घरमै बसेर फागु पर्ब मनाउन चितवन प्रशासनको अनुरोध

चैत्र ९, २०७७

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले घरमै बसेर यस वर्षको फागु पर्व मनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचना अनुसार छिमेकी देशहरुमा कोभिड -१९ को संक्रमण बड्दै गएको र नेपाल सरकारले भीडभाड हुने कुनै पनि कार्यक्रम ,गोष्ठी ,सेमिनार,सभा तथा चाडपर्व नगर्न नगराउन गरेको आग्रहलाइ समेत कार्यान्वयन गर्न प्रशासनले आग्रह गरेको छ ।

चितवनमा कोभिड -१९ संक्रमणको जोखिमलाई मध्यनजर गरी कुनै सभा जुलुस र्‍याली , भेला ,जमघट, गोष्ठी, सेमिनार बैठक लगायत भिडभाड हुने कार्यक्रम नगर्न नगराउन साथै भौतिक दुरी कायम गर्न मास्क अनिवार्य लगाउन तथा मियमित रुपमा हात धुन र सेनिाटाइर प्रयोग गर्न सवैमा आग्रह गरेको छ । संक्रमणको जोखिमलाई ध्यान दिएर यस वर्षको फागु पर्ब घरमै बसेर परिवारका साथ मनाउन अनुरोध गरिएको छ ।

पछील्लो  सता छिमेकि मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेपछी नेपालमा पनि संक्रमण बढ्ने सम्भावना रहेको भन्दै साबधानी अपनाइएको हो।

  • प्रकाशित मिति : चैत ९, २०७७, सोमवार १३:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८