• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

चितवनमा नक्कली नोट : दुई जना छाप्ने, दुई बेच्ने !

  • खबरदाता

चितवनमा नक्कली नोट : दुई जना छाप्ने, दुई बेच्ने !

चैत्र ९, २०७७
चितवन । सामान खरिद गर्दा गर्दै नक्कली नोटका कारोवारी चितवनबाट समातिएका छन् । एक हजारका ७८ थान नक्कली नोट सहित भरतपुर १ स्थित पोखरा बसपार्कबाट चार जनालाई प्रहरीले समातेको हो ।

समातिएका ती चार जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेको हो । आरोपितहरुबाट नक्कली नोट छाप्न प्रयोग गरिएको ए फोर पेपर २४ थान, नक्कली नोट छाप्न प्रयोग गरिएको प्रिन्टर तीन थान, हार्डडिक्स १ थान, कार्डरिडर १ थान, ल्यापटप २ थान र एक हजार नोट छापिएको ए फोर साइजको नकाटिएको पेपर एक थान प्रहरीले बरामद गरेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
उहाँका अनुसार पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका ८ का २९ वर्षीय देवेन्द्र राई, सोही ठाउँका १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार रहेका छन् ।

उनीहरुविद्धरु संगठित अपराध तथा निवारण ऐन २०७० अन्तर्गत मुद्रा सम्बन्धी कसूर खोटा मुद्रा मुद्दामा चितवन जिल्ला अदालतबाट थप ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए । कानून अनुसार यस्तो कसूर गर्ने वा गराउने व्यक्तिहरुलाई मुद्राको परिमाण र मूल्य विचार गरी पाँच वर्ष देखि १० वर्षसम्म कैद र ५० हजार रुपैया देखि एक लाख रुपैया सम्म जरिवाना हुनेछ ।

साथै कार्यक्रममा बोल्दै एसपी अधिकारीले कुनै पनि एक हजारको नोट कारोवार गर्दा उक्त नोट सक्कली नक्कली के हो राम्रोसँग जाँचेर लिन पनि आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : चैत ९, २०७७, सोमवार ११:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८