• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

सोमवारबाट गैँडा गणना, सम्पुुर्ण तयारी पुरा

  • खवरदाता

सोमवारबाट गैँडा गणना, सम्पुुर्ण तयारी पुरा

चैत्र–८, २०७७

चितवन । विश्वमै दुर्लभ मानिएको एक सिँगे गैँडाको भोली सोमवारबाट गणना गरिने भएको छ । देशका चार वटा निकुञ्जमा मात्रै पाइने गैँडाको गणना गर्न खटिने गणक, माउतेलाई तालिम समते दिइसकिएको छ । ३ सय बढि मानवीय जनशक्ति र ६० वटा हात्ती सहितको टोलीले भोलिबाट सम्बन्धित क्षेत्रमा गएर गैँडा गणना गरिने भएको हो ।

रामचन्द्र रैला चितवन राष्ट्रिय निकुञ्जका अवकाश प्राप्त कर्मचारी हुन् । उनले २ वर्ष अघिमात्र जागिरबाट अवकाश पाएका हुन । लामो समयसम्म गाउँमै सामान्य कामगर्दै आएका उनले गैँडा गणनाकै कारण निकुञ्जसँग पु्न  जोडिने अवसर पाएका छन् । प्रत्येक ५/५ वर्षमा आउने गैँडा गणनामा गणकहरुको भूमिकाबाट उनिहरुले योगदान दिन पाउने छन् ।

भोलि अर्थात चैत ९ देखि हुने राष्ट्रिय गैँडा गणनामा गणकको भूमिका निभाउने रैला अहिले फिल्ड जानुअघिको तालिम ध्यानपूर्वक सुन्दै फिल्डमा जाने दिनको प्रतिक्षामा छन् । फिल्डमा रमाइलो सँगै जोखिम उत्तीकै रहने भन्दै आफूलाई दिएको काम सकाउँदै आफ्नो पनि सुरक्षाको ख्याल राख्नुपर्ने उनी बताउँछन् ।

रैला जस्तै ३ सय बढि मानविय जनशक्ति र ६० वटा हात्ती गणनामा खटिदै छन् । देशभर रहेका निकुञ्ज मध्ये नेपालका चार वटा राष्ट्रिय निकुञ्ज पर्सा, चितवन, बर्दिया र शुक्लाफाटमा मात्रै विश्वकै दुर्लभ एक सिँगे गैँडा पाइन्छ । त्यो मध्ये सवैन्दा धेरै चितवनमा पाइन्छ । चितवनमा मात्रै २ सय बढि मानविय जनशक्ति र ४० वटा हात्तीको प्रयोगगरी डाइरेक्ट साइटिङ विधिबाट २२ भागमा विभाजन गरी गैँडाको गणना हुँदैछ । विश्वमानै सानो सख्यामा रहेको दुर्लभ र महत्वपूर्ण वन्य जन्तु गैँडा गणनाको सवै तयारी पुरा भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

गणनामा आवश्यक पर्ने खाना, स्वास्थ्य, तथ्यांक संकलन तथा टोली परिचालन आदिका लागि विभिन्न उपसमितिहरु बनाइएको छ भने आफ्नै नेतृत्वमा समेत बनेको समितिले कामलाई तिव्रता दिएको बरालले बताए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट गणनाको थालनी हुनेछ । भोलि विहान १० बजे सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा बनमन्त्री प्रेम बहादुर आलेले कार्यक्रमको उद्घाटन गर्ने जानकारी दिए ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना भइसकेका छन् । गत वर्षनै गणना गर्ने सवै तयारी पुरा हुँदा कोरोनाका कारण रोकिएको कार्यक्रमले यो पटक पूर्णता पाउँदैछ । दुर्लभ हुँदै गएपछि गैँडाको अस्तित्व कायम गर्न प्रजातीगत रुपमै संख्या तोकेर गन्न थालिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजोष्टी हरिभद्र आचार्यले बताए । हाल कुन अवस्थामा, कति संख्यामा कुन उमेर समूहका गैँडा र उनीहरुको चरिचरण कस्तो छ लगायतका विषय सहित दीर्घकालसम्म गैँडा बचाइराख्न गर्नुपर्ने सुधारहरुको खोजी गणनाको क्रममा हुनेछ । यसले नीति नियम, कार्यक्रम र योजना बनाउन ठूलो सहयोग मिल्ने र छुट्टै संरक्षण कार्ययोजना निर्माण गरेर व्यवस्थापन गरिने आचार्यले बताए ।

पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६ सय ४५ गैँडा थिए । सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैँडाको सङ्ख्या नगन्य भएपनि प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ । चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै चितवनमा ४ वटा चोरी सिकारबाट र २२ वटा प्राकृति कारण गरी २६ वटा गैंडा मरिसकेका छन् । १ करोड बढि बजेट सहित चैत ९ गते सुरु गरेर २९ गते गणना सम्पन्न गरी चार वटै निकुञ्जको तथ्यांक वैँशाखमा सार्वजनिक गर्ने तयारी छ । गैँडा पर्यटक तान्ने मुख्य बन्यजन्तु त हो नै विश्वकै दुर्लभ नेपालमा पाईदा शान पनि । तर चोरी सिकार नरोकिने, बासस्थान अतिक्रमण बढ्ने, सीमित कर्मचारी, पर्याप्त बजेट नहुनु आदिले यसको संरक्षणमै संकट आउनेमा चिन्ता व्यक्त भएका छन् । त्यो भएरपनि गणनाबाट आउने नतिजालाई विश्लेषण सहित प्रभावकारी कार्यान्वयनमा लैजान अत्यन्त आवश्यक देखिएको छ ।

पछिल्लो गैँडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा चितवनका गैँडा स्थानान्तरण गरिएको थियो । यसले पनि गैँडाको सङ्ख्या वृद्धि हुनसक्ने अनुमान गरिएको छ । मौसम अनुसार र घाँसे मैदान पनि सफा रहने हुरी वतास चलिसक्ने समय नभएकाले फागुनको अन्तिम र चैतको पहिलो हप्ता उपयुक्त समय मानिन्छ । गैँडा गणनाका लागि गत वर्ष १ करोड २० लाख सरकारले बजेट दिएको थियो भने अहिले ८० लाख बजेट विनियोजन भई १ करोड बढिको अनुमान गरिएको छ ।

  • प्रकाशित मिति : चैत ८, २०७७, आइतवार १२:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८