• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

हात्तीको आक्रमणबाट चितवनमा महिलाको मृत्यु

  • खबरदाता

हात्तीको आक्रमणबाट चितवनमा महिलाको मृत्यु

चैत्र ८,२०७७

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–१३ गंगानगरस्थित जंगल नजिकैको बस्तीमा आएको जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आइतबार बिहान ४ बजे बस्तीमा पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आक्रमण गरेपछि सो हात्ती पुन जंगलतर्फ भागेको स्थानीयले बताए।

  • प्रकाशित मिति : चैत ८, २०७७, आइतवार ०३:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८