• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

राज्यविरुद्धको माग पुरा गरेर काँग्रेस सरकारमा जाँदैन : नेता महत


राज्यविरुद्धको माग पुरा गरेर काँग्रेस सरकारमा जाँदैन : नेता महत

गम्भीर प्रकृतिका शर्तहरु पालना गरेर काँग्रेस सत्तामा नजानेमा उनको जोड थियो ।

केपी शर्मा–चैत्र ७,२०७७
चितवन । अहिले नेपाली काँग्रेसभित्र सत्तामा जाने र नजाने बीचमा जुहारीनै चलिरहेको छ । संसद पुनस्थापना अघि देउवा पक्षियहरु सरकारमा जाने रणनीतिमा हुँदा उनी इतर समूह त्यसको विपक्षमा थिए । तर जव संसद पुनस्थापना भयो तव यो परिस्थितीले पुरै यूटर्न मारेको छ ।

अहिले देउवा इतरका नेता तथा कार्यकताहरु कुनैपनि हातलमा ओलीलाई हटाएर देउवा सरकारमा जानुपर्ने बताइरहेका छन् । यो वीचमा मधेशवादी दल, माओवादीसँग पनि विभिन्न चरणमा काँग्रेसले छलफल गरिसकेको छ । तर अझै सहमतिमा पुग्न सकिरहेका छैनन् । त्यसको कारणबारे केही अंश शनिवार काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले खुलाएका छन् ।

स्वर्गिय गिरीजा प्रसाद कोइरालाको ११ औँ स्मृति दिवसको अवसरमा शनिवार चितवनको रत्ननगरमा भएको युवा तरुण जागरण अभियानलाई सम्वोधन गर्दै उनले अहिले काँग्रेस सत्तामा गहिहाल्ने अवस्था नरहेको बताएका छन् । उनले काँग्रेसले कसैका शर्तहरु पालना गरेर हात खुट्टा बाँधिएको जस्तो परिस्थितीमा कुनै पनि हालतमा सरकारमा नजाने प्रष्ट पारे । उनले भने,“ यो संसदको आयू अवको पौने दुई वर्ष मात्रै छ । यो अवधिमा हात खुट्टा बाँधिएर काँग्रेस सरकारमा जाँदैन । किनकी काँग्रेस एक्लैले सरकारको नेतृत्व गर्न सक्दैन । अन्य दलसँग छलफल गर्दा शर्तै शर्त मात्रै छन् ।”

कतिपय शर्तहरु गम्भीर प्रकृतिका भएकाले काँग्रेसले सहजै रुपमा ती शर्तहरु स्वीकार गर्न नसक्ने उनले बताए । तर यदि लोकतन्त्र खतरामा पर्यो र त्यो काँग्रेसले बचाइदिनु पर्यो भनी शर्त विना सहमति जनाए काँग्रेसले नेतृत्व लिने उनको भनाई थियो ।

काँग्रेस तेस्रो पार्टी भएकाले पनि सत्तामा जान हतार नगरेको बताउँदै उनले भने , “सरकार भावनाले भन्दा पनि अंकगणितले चल्छ । अहिले काँग्रेससँग ६१ सिट छ र सरकारमा जान मधेशवादी दल र माओवादी केन्द्रको पुरै समर्थन चाहिन्छ । तर नेकपा एमाले १२१ सिटमा छ । उसलाइ थप १७ सिट मात्रै भएपनि पुग्छ ।”

अहिलेको सरकार विखण्डनवाद तिर लागेको उनले आरोप लगाए । उनले भने,“यो सरकारले विखण्डता, अराजकता मच्चाएको छ । यसले राज्यको स्रोत र शक्तिको दुरुपयोग त्यतिकै मात्रामा गरेको छ । लोकतान्त्रिक संस्थाहरुलाई धराशायी बनाएको छ । अव काँग्रेस यी सवैको भण्डाफोर गरेर जनताको मत सहित बहूमत ल्याउन आवश्यक छ ।”

काँग्रेसले धेरै जनहितका काम गरेको तर त्यसको प्रचारप्रसार अर्थात विज्ञापन गनर्् नजानेकोले काँग्रेसलाई भोट नआएको बताए । कम्युनिष्टहरु नगरेको काम पनि विज्ञापन गर्दै गरिसक्यौँ भन्दै जनतामाफ पुग्ने गरेको उनको आरोप थियो ।

अहिलेका प्रधानमन्त्री देशमा कमेडियन कलाकारको रुपमा प्रस्तुत हुँदै आएको उनले आरोप लगाए । उनले भने, “देशमा कमेडियन कलाकारको आवश्यकतानै परेन । यदि परिहालेमा प्रधानमन्त्री ओलीले गोल्डमेडलनै जित्नेछन् । कुराले मात्रै जनताको पेट भरिदैन ।”

  • प्रकाशित मिति : चैत ७, २०७७, शनिवार ११:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८