प्रायजसो चुनावमा जित हासिल गरी सत्ताको बागडोर सम्हालेको काँग्रेसले सरकारबाट तीन वर्ष वाहिरिएपछि बल्ल जनता हाम्रा मालिक हुन भन्दै सम्झिएको छ ।
केपी शर्मा–चैत्र ७,२०७७
चितवन । गत आम निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई नराम्रोसँग पराजित गराइदिएर तेस्रो स्थानमा पुर्याइदिएपछि उक्त पार्टीका सभापति शेरबहादुर देउवाले जनता जनार्दन हुने बताएका छन् । उनले आम कार्यकर्तालाई प्रत्येक जनताको घरघरमा पुग्न निर्देशन दिएका छन् ।
स्वर्गिय गिरीजा प्रसाद कोइरालाको ११ औँ स्मृति दिवसको अवसरमा शनिवार चितवनको रत्ननगरमा भएको युवा तरुण जागरण अभियानलाई सम्वोधन गर्दै देउवाले भने,“भाषण गरेरमात्र केही हुनेवाला छैन । जनताको मत पाउनको लागि तरुण युवा विद्यार्थी, नेता कार्यकर्ता वर्षको तीन पटक जनतको घरमा पुग्नुहोस ।” उनले थपे,“दैविक प्रकोप, कोभिड १९ को महामारी, मुद्दा मामिला जस्ता समस्यामा जनता परिरहेका हुन्छन् । तिनीहरुलाई हामीले सहयोग गरिरहनुपर्छ । जसले गर्दा उनीहरु हामीप्रति सकारात्मक हुन्छन् र भोट दिन्छन् ।”
कार्यक्रममा बोल्दै उनले जनता कसैको नोकर नर्भइ मालिक भएको बताए । जनता मालिक भएकै कारण काँग्रेसले जित हासिल गरेर ठूलो पार्टी बन्दै आएको भएपनि गएको चुनावमा जनतालेनै काँग्रेसलाई तेस्रो स्थानमा पुर्याइदिएको उनले बताए । प्रधानमन्त्रीको पटक पटक प्रस्ताव आएको भएपनि सत्तामा जाने निर्णय नगरेको काँग्रेसले अहिले भने जनताको मतलाई केन्द्रमा राखेको छ । अहिले पनि सरकार वहुमतकै रहेको देउवाको जिकिर थियो ।
उनले भने,“बहुमतको ओली सरकारलाई दिएको समर्थन कसैले फिर्ता गरेकै छैनन् । यो अवस्थामा काँग्रेस कुन तरिकाले सरकारमा जाने ?” उनले सरकारमा काँग्रेस किन नगएको भनेर पटक पटक गरिने प्रश्नतर्फ इगित गर्दै उनले भने,“जनताले तेस्रो दल बनाएकाले काँग्रेस सरकारमा नगएकोप्रति जनताले कुनै आश्चर्य मान्नुपर्ने कारणनै छैन ।
उनले आम कार्यकर्तालाई सरकारमा जाने भन्दा पनि जनताको घरमा पुगेर अव आउने चुनावमा काँग्रेसलाई नै दुई तिहाई बहुमत दिलाउन तर्फ लाग्न अनुरोध गरे । उनले भने,“तपाईहरु ढेडवर्ष वाँकी रहेको सरकारको पछि नलाग्नुहोस । गाउँगाउँमा जनता जनतासँग पुग्नुहोस् । आउदो चुनावमा काँग्रेसलाई जनताले दुई तिहाई नत्र स्वत बहुमत दिनेछन् र हाम्रै पूर्ण सरकार बनाउछाँै । हामी त्यही क्षणको पर्खाइमा छौँ । ”
तर परिस्थिती अनुकुल हुँदै गए सरकारबाटै पछि हट्ने भन्ने चाहिँ धारणा काँग्रेसको नरहेको देउवाले बताए । तरुण नै काँग्रेसको खम्बा भएकाले पार्टीले यसको पूर्णतालाई गम्भिर रुपमा लिएको र चाँडै नै यसलाई पुरा गरिने समेत उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८