दुई हप्तामा कांग्रेस नेतृत्वको सरकार : कोइराला

  • खबरदाता
  • चैत ०७, २०७७

चैत्र ७,२०७७

नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन।

चितवन आएका कोइरालाले पत्रकारसँगको भेटमा सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए ।

“माओवादी केन्द्र र मधेशवादी दलबीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।” अहिले कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको र माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको उहाँको भनाइ थियो ।

उनले भने, “अहिले माओवादी केन्द्र सरकामा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।” प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उहाँले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।
कोइरालाले काङ्ग्रेसको नेतृत्वमा सरकार निर्माण हुने बताइरहदा केहि दिन अधि काङ्ग्रेस प्रबक्ता बिश्व प्रकाश शर्माले भने काङ्ग्रेस अहिलेनै सरकारमा जाने बेला भइनसकेको बताएका थिए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८