अनुपस्थित सांसदलाई पुन: कारबाहीको धम्की

  • खबरदाता
  • चैत ०६, २०७७

चैत्र ६,२०७७

बिहिवार नेकपा एमालेको संसदिय दलको बैठक बस्यो ।सो बैठकमा नेपाल खनाल पक्षले अनुपस्थिति देखाए पछी ओली समुहका सांसदको मात्र उपस्थिति भए ।प्रधानमन्त्री केपी ओलीले एमालेले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएका छन् ।

यता खनाल–नेपाल समूहले बुधबार र बिहीबार छुट्टै राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । बालुवाटारको भेलाले दलको बैठकमा अनुपस्थित सांसदलाई आत्मालोचना गर्दै पार्टी काममा सहभागी हुन बैठकले निर्देशन दिएको छ । गुटगत भेला नगर्न र पार्टीबाहेकको निर्देशन नमान्न पनि बैठकले निर्देशन दिएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले दलको बैठक छाडेर गुटको भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने चेतावनी सहितको संकेत गरे । पार्टीको महत्वपूर्ण बैठकमा नआउने सांसदलाई पार्टी विधान र कानुनबमोजिम गर्ने उनको भनाइ थियो ।

ओलीले ठाडो शब्दमा कारबाही गर्छु नै त भनेनन तर बैठकमा नआउनेका लागि पनि कानुनी उपाय रहेको बताए । उपस्थितले अनुपस्थित सांसदलाई कटाक्ष समेत गरे।बैठकमा सहभागी ओली पक्षकी सांसद रेखाकुमारी झाले भनिन्, ‘एकातिर पार्टीको सांसद हुँ भन्ने अर्कोतिर अध्यक्षले बोलाउँदा पनि दलको यस्तो महत्वपूर्ण बैठकमा उपस्थित नहुने भन्दै त्यस्ता सांसदलाई कानुनबमोजिम स्पष्टीकरण सोधिने प्रधानमन्त्रीले बताउनुभयो ।’

अर्का एक सांसदका अनुसार नेपाल–खनाल पक्ष जुन ढंगले अघि बढ्छन् त्यहीअनुसार स्टेप चाल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘उहाँहरू ९नेपाल–खनाल पक्ष० अझै कति अगाडिसम्म जानुहुन्छ क्रियाकलाप हेर्दै जाऊँ, त्यहीअनुसार स्टेप चालिन्छ भन्ने प्रधानमन्त्रीको कुरा थियो,’ ती सांसदले भने ।

गत बुधबार प्रधानमन्त्री ओलीले बालुवाटारमै गरेको चियापान समारोह पनि नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो । त्यस दिन पनि उनले पार्टी एकताविरोधी क्रियाकलापमा अब छुट नहुने बताउँदै नेपाल–खनाल समूहलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

दलको बैठकमा प्रधानमन्त्री ओली, प्रमुख सचेतक विशाल भट्टराई र खगराज अधिकारीले मात्रै बोलेका थिए । थोरै बोलेका अधिकारीले पार्टीभित्र सबैले नियम–कानुनको परिधिभित्र रहेर अघि बढ्नुपर्ने बताएका थिए । प्रमुख सचेतक भट्टराईले दलको विधान संशोधनको आवश्यकताबारे बोलेका थिए ।

बैठकले विधान संशोधनका लागि भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेको समिति बनाएको छ । समितिले ७ चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्ताव पेस गर्नेछ । यसअघिको दलको विधानमा राष्ट्रिय सभाबारे व्यवस्था नभएकाले संशोधन गरेर त्यसबारे पनि व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताएका थिए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८