चैत्र ५, २०७७
राष्ट्रपतिका रुपमा रहेको बेलामा डोनल्ड ट्रम्पको नेटवर्थ घटेको छ । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार सो अवधिमा उनको नेटवर्थ करीब ७० करोड डलरले घटी २ अर्ब ३० करोड डलरमा झरेको हो ।
सो मध्ये धेरै कमी कोभिड–१९ को महामारीको समयमा आएको हो । ट्रम्पको कार्यालय भवन, ब्रान्डेड होटल र रिजोर्ट सबैको आम्दानीमा कमी आएको थियो भने मूल्यांकन घटेको थियो ।
गल्फ कोसए लगायतको मूल्य पनि घटेको थियो । अहिले ट्रम्पमाथि आफ्नो वित्तीय मामिला र पारिवारिक व्यवसायमाथि फौजदारी अनुसन्धान भइरहेको छ ।
ब्लुम्बर्गले सन् २०१६ को मे देखि सन् २०२१ को जनवरीसम्मको वित्तीय कागजात र अन्य फाइलिङहरुको विश्लेषण गरेर ट्रम्प राष्ट्रपति बन्नु अघि र बनेपछिको सम्पत्तिको हिसाब निकालेको थियो । एजेन्सी
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८