चितवनमा धान रोपाइँ : हातले हैन, मेसिनले

  • खबरदाता
  • चैत ०५, २०७७

चैत्र ५,२०७७
चितवन । लागत घटाउँदै धान उत्पादन बढाउन चितवनमा आधुनिक मेसिन भित्राइएको छ । मेसिन सँगसँगै मेसिनमा राख्ने धानको बीउ समेत उपलब्ध भएपछि एकातिर धान रोप्ने कामदार पाउन कठिन अर्कोतर्फ वीउ राख्न नभ्याएका कृषकका खेत बाँझै बस्ने समस्याबाट उन्मुक्ति पाएका छन किसानले ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले यसै सिजनमा दुई वटा धान रोप्ने आधुनिक मेसिन भित्राएको हो । साना किसान सहकारी संस्था बछौली र कुमरोज सहकारीसँगको ५० प्रतिशत लागत साझेदारीमा प्रति मेशिन २० लाख ९० हजारमा २ वटा भित्राइएको हो । धान जोन लागू भएको पूर्वी चितवमा यान्त्रीकरण गर्ने लक्ष्य सहित यो पटक भित्राइएको मेसिनले अहिले चैते धान रोपिरहेको छ ।

एउटा लाइनमा दुई वटा ट्रे को बीउ भर्ने र १२ वटा ट्रेमा विउ राखेर ६ वटा लाइनमा एकै पटक रोप्ने यो मेशीन चितवनमै पहिलो पटक भित्राइएको हो । प्रति घन्टा १५ कठ्ठामा यसले सजिलै धान रोप्न सक्ने क्षमता रहेको यो मेसिनमा। रोपाइ गर्न चाक्लो र आयातकार जग्गामा यसको प्रयोग अझ बढि प्रभावकारी हुने गर्दछ।

उक्त मेसिनको सहायतामा रत्ननगर नगरपालिका ७ का पुसना महतोको आफ्नो खेतमा धान रोपाई गरिरहेका छन। जीवनमै पहिलो पटक धान रोप्ने मेसिन देखेका पुसना आफ्नै खेतमा रोपिरहेको देख्दा दुखका दिन गएको भन्दै धान उत्पादन बढ्ने आशामा पनि छन।

यस्तै छनिया महतोलाई खेत रोप्ने बेला खेताला पाउन कठिन भइरहेको थियो । यो पटक त बीउ समेत राख्न नभ्याउँदा खेत बाँझै हुन्छकी भन्ने चिन्ता समेत थियो । तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले मेसिन भित्राएपछि उनको त्यो दुख हटेको छ । मेशीनले धान रोप्ने मात्रै होइन सोही मेसिन ले रोप्ने धानको वीउ समेत सहकारीबाटै खरिद गरेर महतो परिवारले धान रोपेका छन।

परियोजना चितवनका सूचना अधिकृत माधव पौडेलले किसानहरुलाई बुझाउँदै यान्त्रीकरणमा जोड दिएको बताए। यस पटक सामुदायिक नर्सरीमा उत्पादन गरिएको विरुवा रोपिएको र आगामी दिनमा किसानहरुलाई आफै विउ राख्न सिकाइने तयारी गरिएको छ । अहिलेको मेसिनबाट धान रोप्दा रोग किरा कम लाग्ने र उत्पादमा वृद्धि हुने समेत उनको भनाइ छ ।

परियोजना चितवनका कृषि इन्जिनियर सन्देश पौडेल आफैले मेसिन चलाएर किसानलाई मेसिन चलाउने विधिवारे सिकाइरहेका छन । सहकारीकै अपरेटहरुलाइ समेत चलाउन सिकाएर सीप हस्तान्तरण गर्ने उनको भनाई छ ।
नयाँ मेसिन भएर होला किसान मनैदेखि ढुक्क हुन भने सकेका छैनन। यसबाट रोपिएको धानले दिने उत्पादन हेर्न वाँकी त छ तर खरिद गरेको मेसिन लाई जिल्लाभरका किसानको हितमा हुनेगरी सस्तो मुल्यमा धान रोपिदिने गरी व्यवसायिकरण गर्न आवश्यक छ ।

  • खबरदाता
  • प्रकाशित मिति:चैत ०५, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८