• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

गम्भीर स्वास्थ्य अबस्थाकाबिच जोशीको उपचार हुँदै

  • खबरदाता

गम्भीर स्वास्थ्य अबस्थाकाबिच जोशीको उपचार हुँदै

चैत्र ४,२०७७

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।
जोशीको अहिले नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था अहिले निकै बिग्रेको अस्पतालले जनाएको छ ।

जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएता पनि अहिले भने अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ।( यस अघि जोशी बारे प्रकाशित समचार प्रति क्षमा चाहान्छौं – सम्पादक)

  • प्रकाशित मिति : चैत ४, २०७७, बुधवार ०३:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८