सरकारले फेरि बढायो पेट्रोलको मुल्य

  • खबरदाता
  • चैत ०३, २०७७

चैत्र ३,२०७७

अघिल्लो पटक मुल्य बढाएको महिना दिन नपुग्दै सरकारले पुन पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

मंगलबार रातीबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

यससँगै काठमाडौंमा अब एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

निगमले आन्तरिक तर्फ हवाइ इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत राखेको छ ।

यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो ।

  • खबरदाता
  • प्रकाशित मिति:चैत ०३, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८