• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बालुवाटारमा चियाको चुस्कीसंगै ओलीको धम्की

  • खबरदाता

बालुवाटारमा चियाको चुस्कीसंगै ओलीको धम्की

चैत्र ३,२०७७

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा चियापानको आयोजना गरे। उनले आयोजना गरेको सो चियापान कार्यक्रममा ओली निकटका नेता तथा कर्याकर्ताको बाक्लै उपस्तिथि थियो।

बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले गुटका भेलामा देखिने नेता कार्यकर्ताहरुलाई कारबाहीको चेतावनी दिएका हुन् । आफ्नो गुटकै सभाबाट बोल्दै ओलीले माधव नेपाल समूहको गुटगत भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिदै धम्की समेत दिए।

नेकपा एमालेमा गुट र उपगुटले नचल्ने भन्दै कोही पनि नेता कार्यकर्ताहरुले त्यस्ता भेलामा र गुटमा सहभागी हुन नहुने बताए।

सम्बोधन गर्दै ओलीले भने ‘नेकपा एमालेमा आवद्ध कोही पनि नेता कार्यकतालाई भोलि ९बुधबार० बोलाइएको भनिएको भेलामा नजान म सबै नेता कार्यकर्ताहरुलाई सजग र सचेत गराउन चाहन्छु ’।

यता माधब कुमार नेपाल पक्षले भने ओलीको सो समारोहलाई बाहिस्कार गरेको थियो। उसले बुधबारका लागि राष्ट्रीय भेला समेत बोलाएको छ ।

आफूहरुले अराजक नभई सभ्य र अनुशासित समाज खोजेको र त्यसका लागि सभ्य र अनुशासित पार्टी चाहिने भन्दै ओलीले आफ्नो अहम तुष्टिका लागि मनपरी गर्दै हिँड्ने छुट कसैलाई नभएको बताए । ‘कानूनभन्दा माथि केही पनि छैनन्’ उनले अघि भने ।

ओलीले गुटगत भेलामा नजान र एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई सचेत गराएका छन् । ‘यस पार्टीमा कसैमाथि अन्याय हुँदैन, ठूलठूला अपराध भएका छन्, तर पनि फराकिलो हृदय लिएका छौं । लिन्छौं पनि’ उनले अघि भने, ‘एकदम अपराध गर्नेहरुलाई पनि स्वागत छ त भन्दिन, तर स्वीकार गर्छौं ।’ आत्मालोचना गरेर पार्टीमा आउनसक्ने उनले बताए ।

  • प्रकाशित मिति : चैत ३, २०७७, मंगलवार ०८:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८