चैत्र २,२०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आयोजना गरेकी छिन् । समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल उनले सो बैठक बोलाएकी हुन । भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता तथा पुर्ब प्रधानमन्त्रीलाई बैठकमा बोलाएको उनका स्वकीय सचिव डा। भेषराज अधिकारीले बताए ।
मंगलबार दिउँसो ४ बजेका लागि तय गरिएको सर्वदलिय बैठक के बिषयका लागि बोलाइएको भन्ने खुलाइएको भने छैन ।
सर्वोच्च अदालतले नेकपा विवादबारे गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दै आएको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ ।
पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८