ओलीको एक्लै पार्टी चलाउने मनसायले बार्ता मिलेन

  • खबरदाता
  • चैत ०२, २०७७

चैत्र २,२०७७

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब कुमार नेपाल समुहको बार्ता अलिकति पनि सकारात्मक भएन।

यो दुई समुह बिच आन्तरिक विवाद उत्कर्समा पुगेको बेला एमालेका दुबै समूहका नेताहरूबीच सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो । सुरुमा बालुवाटारमै बैठक बस्ने भनिए पनि नेपालले बालुवाटार जान इन्कार गरेपछी पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बसेको हो।

बैठक झन्डै पौने तीन घन्टा बसे पनि दुई समूह मिल्ने आधार सम्म बन्न सकेन। सुरुमा बैठक राम्रो भएपनि अन्तिममा तिक्तता पुर्ण भएको थियो। बैठकमा सहभागी एक नेताले बताए ।

वार्तामा नेपाल समूहले ओलीले फागुन २८ गते गरेका केन्द्रीय कमिटीको बैठकका निर्णय फिर्ता लिनुपर्ने अडान राखेको थियो। तर, उक्त अडानप्रति भने ओलीले आपत्ति जनाए। वार्तामा थुप्रै विषयमा कुरा भए पनि मुख्य असहमतिको बुँदा निर्णय फिर्ता लिने भएको ओली समूहका नेता सुवास नेम्वाङले जानकारी दिए। उनले थुप्रै विषयमा बैठकमा नेताहरुले असहमति जनाएको पनि बताए ।

वार्तामा नेताहरुबिच थुप्रै सहमतिका विषय रहे। तर, मुख्यगरी २८ गतेको निर्णय फिर्ता लिनुपर्ने उहाँहरुको अडानमा प्रधानमन्त्रीले विरोध गर्नुभयो, उनले भने।

ओलीले पार्टी विरोधी गतिविधि रोक्न नेपाललाई अनुरोध गरेका थिए भने नेपालले बालुवाटार बसेर एमालेको गुट नचलाउन ओलीलाई चेतावनी दिएका थिए।

वार्तापछि ओली निकट नेता तथा उप(प्रधानमन्त्री ईश्वर पोखरेलले सहमति भइनसकेको भए पनि संवाद जारी रहने बताए। उनले नेपाल समूह अडानबाट पछि नहट्दा सहमति नभएको आरोप लगाए।

सकारात्मक रुपमा संवाद प्रारम्भ भयो। संवाद जारी रहन्छ। थप छलफल गर्नुपर्छ भन्दै सकिएको छ। अडानबाट पछि नहटेपछि सहमति भएन, उनले भने।

नेपाल समूहका नेताहरुले वार्ताले निकास दिन नसक्ने बताएका छन्। नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी पुनर्जागृत गर्न वार्ता भए पनि सुखद् संवाद नभएको बताए।

पार्टी एकतालाई पुनर्जागित गर्ने विषयमा कुराकानी भयो तर देखिएका समस्या समाधान भएन, उनले भने।

यस्तै, ओली समूहका नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले खुलस्त छलफल भएको भए पनि सहमति हुन नसकेको बताए। नेपाल समूहले २८ गतेको बैठकको स्वामित्व आफूले नलिने अडान राखेपछि वार्ता विफल भएको उनको भनाइ थियो।

साझा अवधारणाका बारेमा कुराकानी भएको छ। अन्तर्विरोधलाई छलफल गरेर जाने कुरा भएको हो। सिंगो एमालेले मात्रै देशलाई निकास दिन सक्छ भन्नेमा हाम्रो साझा धारणा छ। मुख्यकुरा २८ गतेको बैठकको स्वामित्व ग्रहण कसरी ग्रहण गर्ने भनेर भन्नुभयो उहाँहरुले। हामीले पुनरावलोकनको काम गर्छौ फिर्ता भन्दा पनि भन्यौं। त्यो भएपछि सहमति भएन, उनले भने।

ओलीले नेपाल समूहको चैत ४ र ५ को भेलालाई रोकेर ७ गतेको केन्द्रीय कमिटीको बैठकमा आउन अनुरोध गरेका थिए। तर, नेपाल समूहले भने उक्त भेला नरोक्ने अडान राखेको ज्ञवालीको भनाई छ।

भेला नगरौ दुरी बढाउने काम मात्रै गर्छ भन्यौं। तर, उहाँहरुले मान्नु भएन, उनले भने।

यस्तै, नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्रीले फागनु २८ गतेको निर्णय फिर्ता लिने प्रतिवद्धता नजनाएका कारण वार्तामा सहमति नभएको बताए।

आजको छलफलमा प्रमबाट र हामीले धारणा राखौं। उहाँले पनि एकता बनाउने धारणा राख्नुभयो। हाम्रा सम्पूर्ण काम ३ वर्ष अघिबाटै अगाडि बढनुपर्छ भन्दै आएका थियौं। तर, पार्टी अध्यक्षबाट जुन काम कारवाही भयो मुख्यगरी २८ गतेको निर्णयको प्रभाव पनि शून्य हुन्छ भन्ने हो। तर, त्यो कुरालाई प्रधानमन्त्रीबाट सुन्न पाइएन। त्यसैले सहमत गर्ने कुरै भएन, उनले भने।

एमालेको ओली समूह र नेपाल समूहबिच विवाद चर्किएका बेला धुम्बाराहीमा भएको वार्तालाई महत्वका साथ हेरिएको भए पनि निष्कर्ष विहीन भएपछि एमालेका दुवै समूहले आफ्ना गतिविधिलाई यथावत राख्ने भएका छन्।
बैठकमा नेता नेपालले आफ्नो समुहको अडान छोडेनन भने ओलिले आफुले गरेका सबै काम सहि भएकोले यथावत रहने बताए । बैठक पुन पनि बस्ने ओली समुहका नेताले बताए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८