• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एन्जेला मार्केलको दल खराब अवस्थामा

  • खबरदाता

एन्जेला मार्केलको दल खराब अवस्थामा

चैत्र २,२०७७

जर्मनीमा भएको दुई प्रान्तीय निर्वाचनमा एन्जेला मार्केलको नेतृत्वमा रहेको क्रिस्चीयन डेमोक्र्याट(सिडीयु)ले नराम्रो पराजय भोगेको छ ।

यो पराजयका कारण आगामी सेप्टेम्बरमा हुने आम निर्वाचनमा समेत मार्केलको दलको भविष्य बारे शङ्का उत्पन्न भएको छ । १६ वर्ष जर्मन चान्सलर रहेकी मार्केलले सेप्टेम्बरमा हुने निर्वाचन पछि पद त्याग गर्ने घोषणा गरी सकेकी छिने ।

कोरोना भाइरसको भ्याक्सिन वितरणमा ढिलाइ भएकाले आक्रोश स्वरूप यो नतिजा आएको जनाइएको छ । बाडेन उटेनबर्गमा भएको निर्वाचनमा ग्रिन पार्टीले ३१.५ प्रतिशत तथा सिडीयुले २३ प्रतिशत मत प्राप्त गरे । रानेल पाटीनेटमा सोसीयल डेमोक्र्याटले ३३.५ तथा सिडीयुले २५.५ प्रतिशत मत पाए ।

  • प्रकाशित मिति : चैत २, २०७७, सोमवार ०२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८