ओलीमाथि स्थायी कमिटीका ११ सदस्यको ११ आरोप

  • खबरदाता
  • चैत ०२, २०७७

चैत्र २,२०७७

नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले ११ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अबसरबादी ,दलाहा प्रवृत्ति,  दक्षिणपन्थी विसर्जनवादी भएको आरोप लगाएका छन्।

सर्बोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अबस्थामा रहेको फैसला गरेपछी एमाले फुटको संघारमा पुगेको छ । केपी ओलीले पार्टी विधान विपरीतका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिष्ट आन्दोलनका सामु समस्याका रुपमा आएको खनाल – नेपाल पक्षको आरोप छ ।

आइतबार ११ जना स्थायी कमिटीका सदस्यहरुले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ , हामी त्यस्ता समस्या निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउन चाहन्छौं, ।साथै , निर्वाचनको मोर्चाबाट समेत कम्युनिष्ट पार्टीलाई विजयी बनाई राष्ट्रिय हित, स्वाधीनता र अखण्डता तथा स्वाभिमानलाई सुदृढ तुल्याउँदै जनताको समृद्धि हासिल गर्न चाहन्छौं। यसका लागि पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभिभारा हाम्रो काँधमा आएको छ। अतः सम्पूर्ण पार्टी सदस्य र समर्थकहरूले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादविरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ।

आइतबार राती वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, तीन सचिव भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले जारी गरेको संयुक्त विज्ञप्ति :

१. ओलीमा गैरजिम्मेवार, विध्वंसकारी, अराजक र निरकुंश प्रवृत्ति, आफ्नै पार्टी एमालेलाई समेत विभाजित गर्दै कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ अग्रसर ।

२. ओलीमा कम्युनिस्ट पार्टीको सदस्यका रूपमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र, आचरण र नैतिकता पनि छैन । ओलीको चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्थमा रमाउने प्रवृत्तिले पार्टी र आन्दोलन निरन्तर अप्ठेरोमा ।

३. ओलीले जनता, देश र पार्टीमाथि नै विश्वासघात गरे, विधान, सिद्धान्त र प्रणालीविपरीतका क्रियाकलाप गरे । उनका विधानविपरीत, अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनका समस्या ।

४. कार्यकर्ता र जनताका सामु लोकतन्त्र र विधिका नक्कली कुरा गर्दै व्यवहारमा निरंकुश र तानाशाही व्यवहार गर्ने, गुटबन्दी गर्ने, दक्षिणपन्थी अवसरवादलाई अँगाल्दै वामपन्थी आन्दोलन र पार्टीलाई विसर्जनको दिशातिर लैजाने काम केपी गुटबाट भयो ।

५. नेकपा ९एमाले०को नवौँ महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन र विधानअनुरूप तथा नेकपा ९माओवादी केन्द्र०सँगको एकीकरणपछि एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन र विधानअनुरूप पार्टी सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदा केपी ओली गुटलाई पाच्य भएन ।

६. ओलीले वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र कार्यान्वयन गरेनन् । स्वयंको सहमति र हस्ताक्षरबाट भएको नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र०का बीचको ऐतिहासिक एकीकरणको सहमति, घोषणा, सिद्धान्त, नीति, कार्यक्रमलाई उल्लंघन गरे ।

७. सर्वोच्च अदालतले समेत प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर ग¥यो । तैपनि ओलीबाट राजनीतिक नैतिकताको कुनै महसुस भएन ।

८. ओलीले अवैधानिक रूपमा विधान संशोधन गरे, अवैध तथा स्वेच्छाचारी गुटगत कार्य गरे । ओलीले गरेको गुटको भेलालाई पार्टीको बैठक मान्न सकिन्न, पार्टीलाई विभाजनतर्फ धकेल्ने कोसिस हो ।

९. सरकारी निवासमा गुटको भेला गरी यसलाई केन्द्रीय कमिटीको विशेष बैठकको नाम दिई कतिपय नेतालाई पदमुक्त गर्ने, नेताहरूको पदीय जिम्मेवारीमा फेरबदल गर्ने र केही नयाँ व्यक्तिलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने अवैध तथा स्वेच्छाचारी गुटगत कार्य ।

१०. पार्टी विधान संशोेधन विधान महाधिवेशनले मात्र गर्न सक्दछ । गुट भेलाले गरेको भनिएको विधान संशोधन पूर्ण रूपमा अवैध र औचित्यहीन । केपी गुटका विधान, सिद्धान्त र प्रणालीविपरीतका क्रियाकलापविरुद्ध दृढताका साथ उभिन हाम्रो पार्टीका देशभरका सम्पूर्ण सदस्यहरूलाई आह्वान ।

११. ओलीले विधान, पद्धति र विधिअनुरूप बैठक चलाएनन्, पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभिभारा आयो । नेकपा (एमाले)को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरिछाड्नेछौँ ।

ओलीले गरेका एकलौटि निर्णयलाई मान्यता नदिन भन्दै खनाल नेपाल समुहले निर्बाचान आयोगमा पनि निबेद्न गरिसकेका छन।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८