इटालीमा फेरी सट डाउन

  • खबरदाता
  • फागुन २९, २०७७

फागुन २९,२०७७

इटालीमा नयाँ भरिएन्टको कोरोना भाइरस देखिए पछि सोमबार देखि रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको छ । लकडाउन गर्ने सुरुवाती देश मध्यको एक इटाली । एक वर्ष पछि पनि त्यसै खाले सङ्घर्ष गरिरहेको छ । इटालीमा १ लाख भन्दा बढीको ज्यान गइसकेको छ । यो युरोपमा बेलायत पछिको दोस्रो हो । इटालीमा भ्याक्सिन दिने काममा पनि ढिलाइ भएको छ । गत साता इटालीले २ लाख ५० हजार अक्सफोर्ड भ्याक्सिनको निर्यात रोकेको थियो । बुल्गेरिया, डेनमार्क र नर्वेले रगतमा साइड इफेक्ट देखिएका कारण अक्सफोर्डको भ्याक्सिन वितरण नगर्ने भइसकेको छ ।

इटाली मात्र होइन युरोपका अन्य केही देशमा समेत अर्को लहर देखिएको छ । पोल्यान्डमा शुक्रवार १९ हजार भन्दा बढी सङ्क्रमण देखियो । यो नोभेम्बर यताको सबैभन्दा धेरै हो । जर्मनीमा नयाँ भेरिएन्टसंगै विद्यालयका बालबालिकामा सङ्क्रमण बढ्दो देखिएको छ । फ्रान्समा आइसियुमा ४ हजार भन्दा बढी रहेका छन् । यो सङ्ख्या नोभेम्बर पछिको सबैभन्दा बढी हो । युरोपेली युनियनले अनुमति दिएको बाहेक अन्य भ्याक्सिन उपयोग नगर्ने निर्णय गरे पछि स्लोभाकीया र चेक गणतन्त्रको आलोचना भइरहेको छ ।

इटालीमा मङ्गलवार देखि देशका आधा भन्दा धेरै ठुला सहरमा सट डाउन हुने छ । यसमा रोम र मिलान समेत समावेश छन् । अहिले इटालीका अस्पतालका आइसियु प्राय भरिएका छन् ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८