• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

खोसियो नेपाल र गौतमको पनि जिम्मेवारी

  • खबरदाता

खोसियो नेपाल र गौतमको पनि जिम्मेवारी

 

फागुन २८,२०७८

एमाले ओली समुहले नेपाल र खनाल समुहका नेताहरुलाई जिम्मेवारीमुक्त गरेको छ । ओली समूहको आज बालुवाटारमा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका ति नेताहरुको जिम्मेवारी खोसेको हो।

पार्टी विधानको बाधा अडाकाउ फुकाउ सम्बन्धि निर्णय गर्दै ओलीले बोलाएको बैठकमा प्रदेश र विभागको जिम्मेवारीमा रहेका नेताहरु हेरफेर भएको ओली समूहले जनाएको छ । आज बसेको सो समुहको बैठकले विधानको बाधा अडाकाउ, विभागीय जिम्मेवारीमा हेरफेर र प्रदेश इञ्चार्जमा नेताहरुको हेरफेर गरेको हो।

उक्त बैठकले पार्टीमा तटस्थ बसेका वामदेव गौतमलाई समेत जिम्मेवारीबाट हटाएका छ। संगठन विभागको प्रमुखको जिम्मेवारीमा रहेका गौतमलाई हटाउँदै ओलीले एमाले उपमहासचिव विष्णु पौडलेललाई नियुक्त गरेका छन्।

बैठकले माधवकुमार नेपाल समूहका नेताहरुलाई प्रदेश इञ्चार्जबाट पनि हटाएका छन । प्रदेश १ मा नेपाल समूहका भीम आचार्य प्रदेश इञ्चार्ज रहेकोमा ओलीले सुवास नेम्वाङलाई जिम्मेवारी दिएका हुन्। प्रदेश २ मा सत्यनारायण मण्डल प्रदेश इञ्चार्ज बन्दा नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इञ्चार्जको जिम्मेवारी तोकिएको छ। नेपाल समूहका अष्टलक्ष्मी शाक्यको वाग्मती प्रदेशको जिम्वारी खोसिएको हो। सुदुर पश्चिममा नेपाल समूहका भीम रावललाई प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाइएको छ भने माओवादी केन्द्रबाट नेकपा एमालेको आजै केन्द्रीय सदस्यमा मनोनीत भएका उद्योगमन्त्री लेखराज भट्टलाई ओलीले इञ्चार्ज तकिएको छ।

यस्तै, माओवादी केन्द्रका बादल, भट्टसहित ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा लगाएत २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। नेकपा एमालेको २ सय ४१ जनाको केन्द्रीय कमिटी रहेकोमा ओलीले २३ जना थप गर्दै अब एमालेको २ सय ६४ जनाको केन्द्रीय कमिटी बनाएका छन्।

विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका माधव नेपालको जिम्मावारी पनि ओलीले खोसिदिएका छन। नेपालको ठाउँमा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

निर्वाचन विभागको जिम्मेवारीमा नेपाल समूहका राजेन्द्र पाण्डे रहेकोमा ओलीले आफू निकट नेता छविलाल विश्वकर्मालाई नियुक्त गरेका छन् भने पार्टीको प्रचार विभागबाट योगेश भट्टराईलाई हटाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन्। उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ।

यस्तै, आजको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेको १० औ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ।

ओलीले चैत १ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाए पनि आजै उक्त निर्णय गरेका हुन।

अर्को केन्द्रीय कमिटीको बैठक फागुन ७ गतेका लागि बोलाउँदै ओलीले नेपाल-खनाल समूहका नेतालाई समेत बोलाउन पार्टी महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन्।

  • प्रकाशित मिति : फागुन २८, २०७७, शुक्रवार १२:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८