सुकी माथि अवैध रकम लिएको आरोप

  • खबरदाता
  • फागुन २८, २०७७

फागुन २८,२०७७

म्यानमारका सैन्य सरकारले हाल गिरफ्तारमा रहेकी नेतृ आङ सान सुकीले अवैध रूपमा ६  हजार डलर तथा  ११  किलो सुन लिएको आरोप लगाएको छ । सुचीको दलले भने यसको खण्डन गरिरहेको छ । हालसम्म यसको कुनै प्रमाण भने फेला परेको छैन । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले म्यानमारका मानव अधिकार विरोधी अपराध भइरहेको जनाएको छ ।

म्यानमारमा बिहीबार मात्र प्रदर्शनमा सात जना भन्दा बढीको ज्यान गएको छ । मयाङमा मात्र  ६ जना मारिएका हुने । यांगुनमा पनि एक २५ वर्षीय महिलालाई गोली हानी मारिएको हो । यांगुनमा पूर्व मुख्य मन्त्री फाथो मेन थेनले सुकीलाई सो डलर र सुन दिएको बताएका हुन् । संसद्ले भने यसलाई अस्वीकार गरेको थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८