फागुन २७,२०७७
ब्राजिलमा कोरोना महामारीका कारण बुधवार दुई हजार भन्दा बढीको ज्यान गएको छ । बुधवार २२८६ जनाको ज्यान गएको हो । यो कोरोना महामारी पछि ब्राजिलमा एकै दिन सबैभन्दा बढी ज्यान जाने कीर्तिमान हो । परिवर्तित भेरिएन्टका कारण ब्राजिलमा महामारी धेरै फैलिएको हो ।
ब्राजिलका पूर्व नेता लुइज इनासियो लुना डा सिल्भाले महामारीको समयमा राष्ट्रपति जाइर बोल्सानोराले मुर्ख्याइँ गरेको आरोप लगाएका छन् ।
कोरोनाकै कारण ब्राजिलको स्वास्थ्य संयन्त्र नै लगभग ध्वस्त भइसकेको छ । १५ प्रान्तका अस्पतालका ९० प्रतिशत आइसियु बेड भरिएका छन् । पोर्टो एलीग्रे र काम्पो ग्रान्डेका अस्पतालका आइसियु त पुरै भरिएका छन् ।
ब्राजिलमा सरुवा रोग विशेषज्ञ डा। पेड्रा हलालले तत्काल मास भ्याक्सीनेसन सुरु नगरे अझ दुखद अवस्थाको सामना गर्नु पर्ने बताएका छन् । राष्ट्रपति बोल्सानोराले महामारी सुरु भए देखि लिएको नीति गलत भएको आरोप लागी रहेको छ । सुरुमै उनी भाइरस आर्थिक दुरावस्था खराब हुने बताउँदै क्वारेनटाइनको विपक्षमा रहे ।
ब्राजिलमा अहिलेको दुरावस्थाको कारण भने नयाँ भरिएन्ट नै रहेको छ । यो भेरिएन्टका कारण फेरी सङ्क्रमित हुने सम्भावना २५ देखि ६० प्रतिशत रहेको छ ।
ब्राजिलले अक्सफोर्डको २० करोड डोज भ्याक्सिनको अर्डर गरेको छ । हालसम्म ८० लाखले पहिलो डोज भ्याक्सिन लगाएका छन् । यो कुल जनसङ्ख्याको ४ प्रतिशत हो । यसले अहिले देखिएको पी वान भेरिएन्टका विरुद्धमा काम गर्छ । सङ्क्रमण पुरै नरोके पनि गम्भीर बिरामीलाई कम गर्ने गर्छ । चीनको सिनोभ्याक भ्याक्सिनले पनि यसै खालको काम गर्छ । फाइजरको भ्याक्सिन पनि ब्राजिलको भेरिएन्टका विरुद्धमा उपयोगी हुने परीक्षणले देखाएको छ । फाइजरले एक करोड ४० लाख डोज उपलब्ध गराउने जनाइसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८