५० हजार धरौटीमा रिहा भए बस्नेत

  • खबरदाता
  • फागुन २७, २०७७

फागुन २७,२०७७

सपना रोका मगरलाई धम्क्याउने गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर रिहा भएका छन।

बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

प्रहरीले बस्नेतमाथि अभद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान गरेको थियो। दुबै मुद्दा अन्तर्गत सजायको मागदाबी गरेको थियो।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरीवाना र पाँच वर्षसम्म जरीवाना वा दुबै सजायको मागदाबी र अभद्र व्यवहारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको थियो।

बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८