फागुन २६,२०७७
प्रचण्ड समूहको बहिष्कार र विपक्षी दल कांग्रेसको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज पुनः डाकिएको छ ।
दिउँसो १ बजे लागि डाकिएको बैठक अगाडि बढ्नेमा अन्यौल कायमैछ ।यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधिसभा बैठक बसेको थियो। नाराबाजी र बहिष्कारका कारण कार्यसूची अनुरूप अगाडि बढ्न सकेको थिएन ।आज पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छ।
पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै तत्कालीन अवस्थामा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले बैठक बहिष्कार गरेका थिए भने कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध गर्दै अवरोध गरेको थियो । कांग्रेसले असंवैधानिक हुने गरी अध्यादेशहरू सरकारले ल्याएकोले संसदमा पेश हुन नदिने बताइरहेको छ।
नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा सदनमा आफ्नो सिटमा बस्ने छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८