• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

कोभिडका कारण ब्राजिलको सुरक्षा संयन्त्र नै ध्वस्त

  • खबरदाता

कोभिडका कारण ब्राजिलको सुरक्षा संयन्त्र नै ध्वस्त

फागुन २६,२०७७
कोभिड -१९ महामारीका कारण ब्राजिलको स्वास्थ्य संयन्त्र ध्वस्त भएको छ । फायोक्रज इन्सटीच्युटले दिएको चेतावनी अनुसार ब्राजिलका २७ मध्य २५ राज्यका ८० प्रतिशत आइसियु बेड कब्जा भएका छन् ।

ब्राजिलमा कोरोनाका कारण २ लाख ६६ हजार भन्दा बढीको मृत्यु भएको छ भने १ करोड १० भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । रियो द जेनरियो, साउपावलो र ब्राजिलीयाका ९० प्रतिशत भन्दा बढी आइसियु बेड भरिएका छन् ।

मास्क प्रयोगमा कडाइ, सामाजिक दुरी कायम तथा तत्काल मास भ्याक्सीनेसन नगर्ने हो भने ब्राजिलमा प्रतिदिन २ हजार भन्दा बढीको ज्यान जाने चेतावनी स्वास्थ्यकर्मीले दिएका छन् ।

  • प्रकाशित मिति : फागुन २६, २०७७, बुधवार ०२:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८