• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नयाँ नेकपा खारेजीको निर्णय गर्दै आयोगले भन्यो : एकता गर्ने भए १५ दिन भित्र आउ

  • खबरदाता

नयाँ नेकपा खारेजीको निर्णय गर्दै आयोगले भन्यो : एकता गर्ने भए १५ दिन भित्र आउ

फागुन २५,२०७७

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने निर्णयको तयारी गरेको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ २३ गते आयोगले मान्यतान दिएको नेकपालाई आयोगले खारेजि गर्ने निर्णय गरेको हो।

नेकपा नामको टुंगो लगाउदै सर्वोच्च अदालतले फागुन २३ गते दुबै दललाई आयोगले दिएको मान्यतालाई बदर गर्दै दुबै पार्टीलाई पुरानै हैसियत दिएपछि आयोगले उक्त फैसला कार्यान्वयन गराउने निर्णय गरेको हो। आयोगको मंगलवार बसेको बैठकले नेकपा नामको सो दल खारेज गर्ने निर्णय गरेको हो।

बैठकले दल खारेज गर्ने र उक्त दलको खारेजीको जानकारी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई जानकारी गराउने निर्णयसमेत गरेको छ। त्यस्तै आयोगले सर्वोच्चको फैसला बमोजिम अलग अलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको ब्यहोराको जानकारीसमेत दुबै अध्यक्षलाई दिने निर्णय आयोगले गरेको छ।

त्यस्तै यसअघि २०७५ जेठ २३ गतेको आयोगको निर्णयबाट नेकपा दर्तासम्बन्धी निर्णय राजपत्र प्रकाशित भएकोमा सो सम्बन्धी निर्णय राजपत्रमा सूचना प्रकाशित गरेर खारेज गर्ने निर्णयसमेत गरेको छ।

त्यस्तै सर्वोच्चको फैसलाले निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा रहेका नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) साविककै रुपमा २०७५ जेठ २३ गते अघिको अवस्थामा कायम रहेको सूचना राजपत्रमासमेत प्रकाशित गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएको जानकारी संघीय संसद, जिल्ला निर्वाचन कार्यालयल, प्रदेशसभा सचिवालयमा जानकारी गराउने निर्णयसमेत गरेको छ।

साथै आयोगले एमालेलाई एकीकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित हुनसमेत जानकारी गराउने निर्णय गरेको छ। अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ बिपरीत नहुने गरी दुबै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरण पछि बन्ने दलको नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५  दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउनेु आयोगको निर्णयमा भनिएको छ।

  • प्रकाशित मिति : फागुन २५, २०७७, मंगलवार १४:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८